शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

लेखनाथ पत्रकार मञ्चमा नयाँ नेतृत्व

लेखनाथ पत्रकार मञ्चमा नयाँ नेतृत्व


  • ढोरपाटन संवाददाता
  • बैशाख ३० २०८२, मंगलबार

पोखरा/लेखनाथ पत्रकार मञ्चको तेस्रो अधिवेशन तथा चौथो साधारणसभाले विष्णुहरि पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ ।

कार्यसमितिको उपाध्यक्षमा सन्दीप पौडेल, सचिवमा रामशरण नेपाली, सहसचिवमा सुजित परियार र कोषाध्यक्षमा कृष्णप्रसाद लामिछाने चुनिएका छन् ।

समितिका सदस्यहरूमा शुष्मा नेपाली, प्रिजना दिवाल, चिरञ्जिीवि भूर्तेल, विमल तिवारी, अमृत श्रेष्ठ र जनकराज तिवारी चयन भएका छन् ।

अधिवेशन सम्पन्न गर्नका लागि महेश्वर पाण्डेको संयोजकत्वमा भरतप्रसाद तिवारी र वासुदेव पौडेल सदस्य रहनुभएको निर्वाचन समिति गठन गरिएको थियो ।

यसअघि अधिवेशनको उद्घाटन गर्दै गण्डकी प्रदेशसभा सदस्य सरस्वती गुरुङले सामाजिक सञ्जालको बढ्दो प्रयोगले चुनौतीपूर्ण बन्दै गएको बर्तमान अवस्थामा पत्रकारिताको मर्म र भावनालाई मर्न दिन नहुने बताइन् ।

मञ्चका अध्यक्ष कविराज खनालको सभापतित्व एवम् सचिव विष्णुहरि पौडेलले सञ्चालन गर्नुुभएको कार्यक्रममा संस्थापक अध्यक्ष भीमपाणि बरालले स्वागत गरेका थिए ।

कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी नवराज सुवेदी, कृयाशिल महिला पत्रकार संघ गण्डकीका अध्यक्ष सरिता तिमल्सिना पगेनी, पोखरा महानगरपालिका वडा नं २७ का वडा अध्यक्ष पूर्णकुमार गुरुङ, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष विनोद श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य बाबुराम गिरी, खेलकुद पत्रकार मञ्च गण्डकीका उपाध्यक्ष राजाराम पौडेल लगायतले बोल्नुुभएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->