पोखरा/हाइकर्स क्लब नेपालको हाइकिङ भाग ५८ तनहुँको मानुङकोट पुगेर सम्पन्न गरेको छ ।
क्लबले स्वास्थ र पर्यटनको लागि हाइकिङ भन्ने नाराका साथ बिगत ५ बर्ष देखि हरेक महिनाको अन्तिम शनिबार हाइकिङ कार्यक्रम गर्दै आएको छ ।
मानुङकोट चोकबाट पैदलमार्ग हुँदै व्यास नगरपालिका वडा नं ५ को १०८० मिटर उचाइमा रहेको पर्यटकीय स्थान मानुङकोट सम्म हाइकिङ गरिएको थियो भने फर्कदा मानुङकोट बाट म्याग्दे गाउँपालिका वडा नं। १ ताक्राङ हुँदै वडा कार्यालय अगाडी पृथ्वी राजमार्गमा आएको थियो ।
हालसम्म क्लबले गण्डकी प्रदेशका ३ जिल्ला कास्की, स्याङ्जा र तनहुँका विभिन्न ठाउँमा हाइकिङ गराउँदै आएको र तनहुँका थप्रेक गाउँ, दगाम सामुदायिक होमस्टे, किल्चोक अकला मन्दिर, भिमादको घाङ्च ल्हुममा हाइकिङ कार्यक्रम सम्पन्न गरिसकेको क्लबका अध्यक्ष तथा पत्रकार कृष्ण रानाभाटले बताए ।





