शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

नगर बस दुर्घटनामा २२ घाइते, ४ को अवस्था गम्भिर (अपडेट)

नगर बस दुर्घटनामा २२ घाइते, ४ को अवस्था गम्भिर (अपडेट)


  • ढोरपाटन संवाददाता
  • बैशाख ३१ २०८२, बुधबार
तस्बिर राजु क्षेत्री

पोखरा/ पोखरा–२२ पुम्दीभुम्दीको पुम्दीकोट पुगेर पोखरातर्फ फर्किदै गरेको अधिकांश भारतीय नागरिक चढेको नगरबस शान्ति स्तुपको पार्किङ माथिको घुम्तीमा दुर्घटना हुँदा २२ यात्रु घाइते भएका छन । घाइते मध्ये ४ जनाको अवस्था गम्भिर, थप चार जनाको मध्ययम र अन्यका अवस्था सामान्य रहेको कास्की प्रहरीका सूचना अधिकारी एवं डिएसपी हरिबहादुर बस्नेतले बताएका छन् ।

पुम्दीकोटको शिव मन्दिरबाट फर्किने क्रममा पौने २ बजेको समयमा ग१ख ३८८६ नम्बरको बस घुम्तिमा पल्टिएको प्रहरीले जनाएको छ । घाइतेको द्धार गरी अस्पतालमा उपचारका लागि पठाइसकिएको छ । घाइतेको पहिचान नखुलिसकेको प्रहरीको भनाई छ । स्थानीयबासी राजु क्षेत्रीका अनुसार सडक पीच भएपछि उक्त घुम्तीमा हालसम्म दर्जन बढी दुर्घटना भइसकेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->