बागलुङ/तत्कालिन बागलुङको गलकोट नगरपालिका मल्म गाउँ विकास समिति वडा नं ७ का पूर्व वडा अध्यक्ष टिका बहादुर थापाको निधन भएको छ । नेकपा माओवादी केन्द्र गलकोट नगरपालिका मल्मका सल्लाहकार समेत रहनुभएका ६८ वर्षीय थापाको उपचारको क्रममा बुटवलमा निधन भएको हो । उनको बुधबार दरम गौंदी घाटमा अन्त्येष्टी गरिएको छ ।
२०४९ सालको स्थानीय तहको निर्वाचनमा थापाले तत्कालिन मल्मको वडा अध्यक्षमा निर्वाचित भएका थिए । थापाको पार्थिव शरिरमा नेकपा माओवादी केन्द्रले पार्टीको झण्डा ओडाएर श्रद्वाञ्जली अर्पण गरेको थियो । थापा माओवादी वडा कमिटीको सल्लाहकार, जनहित माविको पूर्व व्यवस्थापन समिति सदस्य, प्रगति आधारभुत विद्यालयको पूर्व व्यवस्थापन समिति सदस्य तथा वर्तमान सल्लाहकार, मल्म बहुउद्येश्यिय सहकारीको पूर्व सञ्चालक समिति सदस्य तथा सल्लाहकार, भुपू सैनिक कल्याण संघ मल्म, घुम्टे प्रगति कृषि समुह र सातसय बगाले थापा समाजको सल्लाहकार थिए ।





