काठमाडौं/गलकोटमा १ सय ५ मिलिमिटर वर्षा भएको छ । पछिल्लो २४ घन्टामा बागलुङको गलकोटका १ सय ५ मिलिमिटरभन्दा बढी पानी परेको छ ।
यस्तै पर्वतमा ४० दशमलब ६, स्याङ्जामा २७, कास्कीको लामापाटनमा ३५ दशमलब २, पर्वतको कुस्मामा २९ दशमलब ८ मिलिमिटर वर्षा भएको छ । त्यस्तै झापाको दमकमा १८, इलामको चुलाचलीमा १२ दशमलब २, संखुवासभाको तुम्लिङटारमा पनि १२ दशमलब २ मिलिमिटर वर्षा भएको छ ।
हाल देशमा स्थानीय वायु र पश्चिमी वायुको प्रभाव छ । बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको सामान्य प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसको प्रभावले देशका पहाडी भूभागमा बिहीबार बिहान आंशिक बदली छ । तराईका भूभागमा भने मौसम सफा रहेको महाशाखाले जनाएको छ ।





