शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

पोखरा १६ का दलित महिलालाई कानुनी सचेतना

पोखरा १६ का दलित महिलालाई कानुनी सचेतना


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २ २०८२, शुक्रबार

पोखरा /पोखरा–१६ नम्बर वडाभित्रका दलित समुदायका महिलालाई कानुनी सचेतना तथा क्षमता अभिवृद्धी सम्वन्धी एक दिने तालिम प्रदान गरिएको छ ।

पोखरा महानगरपालिका सामाजिक विकास महाशाखाको सहयोगमा जनजागरण आमा समुह महेन्द्र गुफाको आयोजनामा कार्यक्रम भएको हो । कार्यक्रमको उद्घाटन गर्दै वडा सदस्य मञ्जु नेपालीले समाजमा पछाडी परेका दलित समुदायलाई कानुनी विषय र क्षमतागत विकासका लागी तालिम फलदायी रहेको बताईन् । उनले समाज विकासको संवाहक महिला नै पछाडी परेमा त्यसले ठुलो समस्या निम्त्याउने स्पष्ट पारिन् । कार्यक्रममा प्रशिक्षक उषा वरुवालले उद्यमशिलताका विषयमा प्रशिक्षण दिदैं कुनै न कुनै उद्यमविना सफलता हासिल गर्न नसकिने बताईन् । अर्का प्रशिक्षक पुर्णशोभा मर्हजनले महिला माथि लाग्ने विभिन्न किसिमका लाञ्छनाले परिवार मात्र नभई समाज नै कमजोर बन्ने बताउँदै, मानसिक स्वास्थ्य सवल हुनुपर्नेमा जोड दिईन् ।

अर्का प्रशिक्षक दलित महिला संघ फेडोका अध्यक्ष ईश्वरी विकले कानुनी सचेतनाका विषयमा प्रशिक्षण दिदैं, दलित समुदायका निम्ती कानुनमा व्यवस्था भएका विषयलाई प्रभावकारी रुपमा कार्यान्वयन हुनुपर्ने बताईन् । समुहका अध्यक्ष ओममाया नेपालीको अध्यक्षतामा भएको कार्यक्रममा समुहका सल्लाहकार एकराज नेपाली, पत्रकार शिशिर पौडेल, महिला अधिकारकर्मि लक्ष्मी देवकोटा, फेडोका नितु नेपाली लगायतले दलित समुदायभित्रै रहेको विभेद अन्त्य हुनुपर्नेमा जोड दिदैं, तालिममा सिकेका कुरा व्यवहारमा उतार्न सके मात्र समाज परिवर्तनको सपना पुरा हुने बताए । बाटुलेचौर दलित महिला समुहको सह आयोजनामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष सिर्जना नेपाली र संचालन सचिव ईश्वरी नेपालीले गरेकी थिईन् ।

सोही अवसरमा जनजागरण आमा समुहको साधारण सभा पनि सम्पन्न भएको छ । समुहका अध्यक्ष ओममाया नेपालीको अध्यक्षतामा भएको सभाले समुहको वाषर््िाक प्रगति र आर्थिक प्रतिवेदन समेत पारित गर्यो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->