नेपाल मगर विद्यार्थी संघ केन्द्रिय समितिको बाह्रौ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित टोली । तस्बिर : ढोरपाटन
बागलुङ/काठमाडौंमा सम्पन्न नेपाल मगर विद्यार्थी संघ केन्द्रिय समितिको बाह्रौ राष्ट्रिय महाधिवेशनबाट बागलुङकी रुयासा थापा मगर केन्द्रिय सदस्यमा र्निविरोध निर्वाचित भएकी छन् । धौलागिरी बहुमुखी क्याम्पस बागलुङमा विविएस तेश्रो वर्षमा अध्ययनरत २१ वर्षिय रुयासा संघको सदस्यमा निर्वाचित हुने सबैभन्दा कम उमेरकी सदस्य हुन् ।
रुयासाले मगर समुदायको उत्थानमा लाग्ने, व्यक्तित्व विकास गर्ने, स्वरोजगारीमा लाग्ने सोच बनाएकी छन् । आगामी दिनमा उच्च तहको शिक्षा हासिल गर्ने र मगर विद्यार्थीहरुलाई एकता गर्ने र शैक्षिक जागरण फैलाउने कार्यक्रम संचालन गर्ने सोच रहेको रुयासाले योजना सुनाईन् ।

महाधिवेशनबाट निर्वाचित केन्द्रिय सदस्य रुयाशा थापा मगर । तस्बिर : ढोरपाटन
संघको १२ औ महाधिवेशनबाट अध्यक्ष राजु पुन मगर, बरिष्ठ उपाध्यक्ष लोकेन्द्र राना मगर, महिला उपाध्यक्ष रिया लुङ्घेलि मगर, भाषिक उपाध्यक्ष बाह्र मगरात प्रकाश ल्हायो मगर, भाषिक उपाध्याक्ष अठार मगरातबाट डि.वि. आले मगर, महासचिव याम बहादुर रोका मगर, सचिव शिव पुलामी मगर, संगठन सचिव छिनिङ लाल थापा मगर, प्रचार प्रसार सचिव राजिव थापा मगर, कोषाध्यक्षमा कमल राना मगर निर्वाचित भएका छन् ।
संघको केन्द्रिय सदस्यहरुमा कोशी प्रदेशबाट दिपन पुलामी मगर, कुशुम पुलामी मगर, नितु थापा मगर,बागमती प्रदेशबाट पुष्पा मगर, ललित रजान मगर, सुरज प्रताप राना मगर, आकाश पुन मगर, राजन आरुपाटेमगर ,निर्तिक घर्ती मगर, गण्डकी प्रदेशबाट भिमसेन थापा मगर,रुयासा थापा मगर, धनमाया पुन मगर, महेश घर्ती मगर, लुम्बिनी प्रदेशबाट राम कुमार बुढा मगर, सुशिल बुढा मगर, कर्णाली प्रदेशबाट हेमराज पुन मगर, किरण ढेगा मगर, सन्ध्यादेवी पुन मगर, सुदुर पश्चिम प्रदेशबाट आशा कुमारी सारु मगर, मनोज पुन मगर, विश्वविद्यालयबाट विना थापा मगर र त्रिभुवन विश्वविद्यालय आंगिक क्याम्पसबाट राजकुमार बुढा मगर निर्वाचित भएका छन् ।





