शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

जानकी माविलाई दृश्यम मिडियाको साथ

जानकी माविलाई दृश्यम मिडियाको साथ


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ३ २०८२, शनिबार
 पोखरा/ दृश्यम मिडिया प्रालिको दोश्रो बार्षिकोत्सवको अवसरमा जानकी मावि पोखरा १७ महतगौडालाई शैक्षिक एवम खेलकूद सामाग्री वितरण गरिएको छ ।
सो अवसरमा विद्यार्थीको पठनपाठनमा सहयोगी पुस्तिका टेनशेट लगायतका पुस्तक, फुटवल, भलिवल, क्रिकेट व्याड र वल, टेलवटेनिस, टेनिसवल व्याडमिन्टन, पोषाक सहित ६५ हजार मुल्य बरावरका सामाग्री वितरण गरिएको हो । विद्यालय प्राङ्गणमा आयोजित कार्यक्रममा दृष्यम मिडिया प्रालिका अध्यक्ष वन्दना कार्की के.सीले उक्त सामाग्री विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र गुरुङ लगायतलाई हस्तान्तरण गरिन् ।
सो अवसरमा उनले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा बृद्धि गरि विद्यार्थीको चौतर्फी विकासमा सहयोगी सामाग्री उपलव्ध गराउन पाएकोमा खुशी व्यक्त गर्दै प्रालिकोतर्पmबाट आगामी दिनमा पनि आवश्यक सयोग गर्ने प्रतिवद्धता व्यक्त गरिन् । विद्यार्थीलाई पठनपाठनसंगै अतिरिक्त कृयाकलापमा समावेस गरि उनीहरुको शारिरीक र मानसिक विकासमा समेत सहयोग पुग्ने विश्वासका साथ खेलकूदका सामाग्री वितरण गरिएको उनको भनाई थियो । पोखरा महानगरपालिका वडा नं. १७ का वडासदस्य शिवराम भण्डारीले सामुदायिक विद्यालयलाई विभिन्न संघसंस्था एवम शिक्षाक प्रेमी महानुभावबाट हुने सहयोगको पूर्णरुपमा उपयोग हुनु पर्ने आवश्यकता औल्याए । प्रधानाध्यापक अर्जुन कडेलले विद्यालयमा हाल तीन सय पचास जना विद्यार्थी अध्ययनरत रहेको र आगामी दिनमा पोखरा महानगरपालिकाको सहयोगमा अटिजम श्रोत केन्द्र समेत सञ्चालन गर्ने तयारी भई रहेको जानकारी दिए ।
कार्यक्रममा दृष्याम मिडियाका सम्पादक विनोद लामिछानेको समेत आजैका दिन परेको जन्मदिनको अवसरमा विद्यालय परिवारबाट टिका र खाँदा लगाएर बधाई तथा शुभकामना प्रदान गरिएको थियो । सो अवसरमा प्रालिका सदस्य एवम् गण्डकी पदेश टेनिससंघका सदस्य प्रान्जल कायस्थले जानकी माविका दुईजना विद्यार्थीलाई निशुल्क टेनिस प्रशिक्षणमा सहभागिता गराउने विश्वास व्यक्त गरे । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा व्यवस्थापन समितिका सदस्य एवम् सञ्चारकर्मी हरि बास्तोला, डिलमाया भण्डारी, शिक्षक तुलसी गिरी लगायतले सामुदायिक विद्यालयको अवस्था तथा चुनौतीका बारेमा चर्चा गरेका थिए ।  विभिन्न संघसंस्थाको बार्षिकोत्सव तथा व्यक्तिको जन्मदिनमा जानकी विद्यालयलाई अक्षयकोष स्थापना एवम् शैक्षिक र खेलकूद सामाग्री प्रदान गर्ने क्रम बढेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->