सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

दोबिल्ला–चनौटे जोड्ने स्टील ट्रस्ट पुल उद्घाटन

दोबिल्ला–चनौटे जोड्ने स्टील ट्रस्ट पुल उद्घाटन


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ५ २०८२, सोमबार

बागलुङ/जिल्लाको काठेखोला गाउँपालिका वडा नं. ६ दोबिल्ला र वडा नं. १ को चनौटे जोड्ने गरी निर्माण गरिएको झोलुङ्गे पुल उद्घाटन गरिएको छ । २८ लाख २३ हजार ६ सय १ रुपियाँको लागतमा पुल निर्माण गरिएको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रमअन्तर्गत स्थानीय तहले पुलको योजना छनोट र कार्यान्वयन गर्दै आएका छन् ।

संघीय सरकारले पुल निर्माणका लागि सशर्त बजेट उपलब्ध गराउँदै आएको छ । पुल क्षेत्रगत कार्यक्रमको ८५ प्रतिशत, स्थानीय तहको १३ प्रतिशत लगानी र दुई प्रतिशत जनश्रमदान गरी झोलुङ्गे पुल निर्माण भइरहेको बिवाईसीका झोलुङ्गे पुल संयोजक प्रेम केसीले जानकारी दिए ।

पुलको उद्घाटन गर्दै काठेखोला गाउँपालिका अध्यक्ष राजु थापाले काठेखोला ६ दोबिल्ला र वडा नं. १ चनौटे जोड्ने झोलुङ्गे पुलले स्थानीयलाई आवतजावतसंगै खाद्यन्न ढुवानीमा सहज हुने बताए । दोबिल्ला बजारमा सामान किनमेल र विद्यार्थीलाई भिमसेन माविमा अध्ययनको लागि निर्धक्क भएर आवतजावतमा सहज हुने थापाले बताए ।

झोलुङ्गे पुलको जिल्ला बागलुङमा पाँच पुल थपिएका छन् । जैमिनी नगरपालिकामा दुई, निसीखोलामा एक र ढोरपाटन नगरपालिकामा एक स्टील ट्रस्ट र एक झोलुङ्गे पुल थपिँदा सो क्षेत्रका ४ हजारभन्दा बढी सर्वसाधारण लाभान्वित भएका छन् । यसअघि जिल्लाका ढोरपाटन, बरेङ र ताराखोला गाउँपालिकामा दश झोलुङ्गे पुल थपिएका थिए ।

यो वर्ष पाउजेघाट, काठेखोलामा दोबिल्ला–चनौटेघाट र ढोरपाटन नगरपालिका ६ गादीखोलाको ठूलो बिसौनीघाटमा पुल निर्माणको काम चलिरहेको छ । दोबिल्ला–चनौटेघाट स्टील ट्रस्ट पुल, ठूलो बिसौली घाट झोलुङ्गे पुल निर्माणको चरणमा छन् । यि तीन पुल बनिसक्दा सो क्षेत्रका साढे ६ हजारभन्दा बढी नागरिक लाभान्वित हुने छन् ।

आगामी आर्थिक वर्षमा सात पुल निर्माण गर्नेगरी बागलुङ नगरपालिका, काठेखोला र बरेङ गाउँपालिकामा सर्वे गरिएको छ । बागलुङ नगरपालिकाको भिमिराघाट, गलुवा बुकेनी–गलुवा घाट, सौर्य–गहते घाट, काठेखालाको सिमघाट, तंग्राम–हिले–कुथुर्के घाट र बरेङको पानीखाने घाट खोलामा पुल निर्माणको लागि सर्वे गरिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->