शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

नयाँ प्रशासनिक भवन बनाउँदै पोखरा २६, लागत १४ करोड

नयाँ प्रशासनिक भवन बनाउँदै पोखरा २६, लागत १४ करोड


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ५ २०८२, सोमबार

पोखरा/पोखरा महानगरपालिका वडा नम्बर २६ को नयाँ भवनको आइतबार शिलान्यास भएको छ । भवनको वडाध्यक्ष नरेन्द्र थापाले शिलान्यास गरे । वडा भवनको सिलन्यास गर्दै, अध्यक्ष थापाले नयाँ बन्ने भवन सेवाग्राही मैत्री हुने जानकारी दिए ।

सेवाग्राहीको सुविधालाई ध्यानमा राखेर फरक डिजाइनमा भवन निर्माण गर्न लागिएको बताउँदै अध्यक्ष थापाले एकद्वार सो भवनबाट प्रणालीबाट सेवा प्रवाह हुने घोषणा गरे ।

वडाको प्रशासनिक सहित स्वास्थ्य, कृषि र पशुका कार्यालयसमेत एक स्थानमा राख्ने गरी डीपीआर तयार गरिएको उनको भनाइ छ ।

‘सवै भवन निर्माणका लागि लागत १४ करोडभन्दा बढी छ तर अहिले प्रशासनिक भवनमात्र निर्माण गर्न लागिएको हो,’उनले भने,‘अहिले साडे तीन करोडको लागतमा प्रशासनिक भवनमात्र बन्ने हो, बाँकी संरचना क्रमश बन्दै जानेछ ।’

पोखरा २६ का पूर्वाधार महाशाखा प्रमुख वरिष्ठ इन्जिनियर सुरेन्द्र पाण्डेले निर्माण व्यवसायीले निर्धारित समयभन्दा अगावै भवन सम्पन्न गर्ने प्रतिवद्धता जनाएको जानकारी गराए ।

वडा सदस्य लक्ष्मीदेवी भट्टराईको अध्यक्षतमा भएको भवन सिलन्यास समारोहमा नेपाली कांग्रेस वडा इकाइ सभापति शिवबहादुर रानाभाट, नेकपा एमाले वडा नं. २६ का पार्टी अध्यक्ष मनोहरी ढुंगाना, माओवादी केन्द्रका मेघराज भण्डारी, राप्रपाका वडा समिति अध्यक्ष टीकाराम अधिकारी, शिक्षाविद् रविप्रसाद बराल, लेखनाथ खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष मुरारी शर्मा, समाजसेवी चन्द्रबहादुर रानाभाट, हेममोहन भट्टराई, स्याङजाली तमुसमाजका पूर्वअध्यक्ष मोहन गुरुङ लगायतले निर्धारित समयमा भवन सम्पन्न गर्न आग्रह गरेका थिए ।

कार्यक्रममा स्वागत मन्तव्य वडा सदस्य तीर्थबहादुर राजभाट, धन्यवाद ज्ञापन वडा सदस्य सुजता बराल सुनार र संचालन सूचना अधिकारी नवराज सापकोटाले गरेका थिए ।

५ करोड १५ लाख ४७ हजार १ सय १९ रुपैया ५५ पैसा लागत अनुमान रहेको भवन ज्ञान विल्डर्स कम्पनी प्रालिले ३ करोड ५२ लाख ३६ हजार ४१ रुपैया २१ पैसामा ठेक्का प्राप्त गरेको छ । कम्पनीले बैशाख ३ गतेदेखि कार्य प्रारंभ गरी २०८३ साल असार १५ मा भवन सम्पन्न गर्ने गरी महानगरसँग संझौता गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->