शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

बिचौलियाको स्वार्थ नमिल्दा सरकार आफै ढल्छ– पुन

बिचौलियाको स्वार्थ नमिल्दा सरकार आफै ढल्छ– पुन


  • ढाेरपाटन संवाददाता
  • जेष्ठ ६ २०८२, मंगलबार

पाेखरा/ माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले सरकार ढाल्न गणितीय रुपमा माओवादी नलागेको तर बिचौलियाको स्वार्थका कारण सरकार आफै ढल्न लागेको बताएका छन् । प्रेस सेन्टर कास्कीको पत्रकार भेटघाट कार्यक्रममा मंगलबार पुनले अहिलेको सरकार कुनै सुशासन, समृद्धि र सामाजिक न्यायका लागि नबनेको बताए । ‘खुलेका भ्रष्टाचारको फाइल बन्द गर्न, चलेका सुशासनका अभियानहरु कमजोर पार्न बनेको सरकार हो’, उनले भने, ‘बिचौलियाले बनाइदिएको सरकारले बिचौलियाको स्वार्थमा काम गरिरहेकाले आफै ढल्नेछ ।’

२ महिनादेखि गभर्नर नियुक्ती गर्न नसक्नु सरकारको कमजोरी रहेको उनले उल्लेख गरे । ‘बित्तीय क्षेत्र कब्जामा लिनका लागि गभर्नर नियुक्तीमा चलखेल भइरहेको छ । सरकार यही रुपमा अघि बढ्न सक्दैन । गभर्नर एक महिना अघि सिपाmरिश गर्नुपर्नेमा हुन २ महिना पुग्दासम्म नियुक्ती हुन सकेको छैन,’ उनले भने । यसले देश राजनीतिज्ञले चलाउने होकी बिचौलियाले भन्ने प्रश्न उब्जिएको र गभर्नर नियुक्तिकै कारण सरकार धर्मराएको भन्दै उनले यसले पनि सरकार बिचौलियाको हातमा रहेको पुष्टी भएको बताए । गभर्नरमा बिचौलियाका प्रिय मान्छे आउन नसक्ने भएकाले यसै खेलले सरकार ढल्न सक्ने उनको दावी थियो । माओवादी १८ महिना सरकारमा रहँदा सुशासन, समृद्धि र सामाजिक न्यायमा काम गरेको र यसले सरकार संचालनको एउटा मापदण्ड कायम गरेको दावी उनको थियो ।

अहिलेको सरकार बिचौलियाको स्वार्थमा बनेको भन्दा धेरैले यसलाई पुर्वाग्रह र सरकार छाड्नपरेको पीडा भनेको सम्झिदै उनले अहिले प्रत्येक घरमा बिचौलियाका सरकार रहेको बुझ्न थालेको उनले बताए । ‘यो सरकार बनेकोमा कुनै पीडा छैन । हामी जनतामा जान्छौ भनेका थियौ । सोही अनुसार हामी २०८४ को निर्वाचन लक्षित गरि जनताकोमा गएका छौ’ उनले भने, ‘हामी गणितको खेलमा छैनौ । सरकार राम्रोसुग चलाउनु् भनेका छौ, तर चलेको छैन । २ तिहाइको भार र बिचौलियाको स्वार्थ थाम्न नसकेर सरकार आफै ढल्नेछ ।’  हामीले एमाले र कांग्रेस फकाउन लागेको भन्ने आरोप पनि लागेको भन्दै उनले अव पहिला जसरी रोटी सेकाउने पक्षमा नरहेको बताए । कांग्रेसले एमाले र एमालेले कांग्रेसलाई तर्साउन माओवादीलाई अघि सारिरहेको भनेर प्रचार गरिरहेको भन्दै उनले आफुहरु सरकार ढलाउने खेलमा नरहेको बताए । सरकार असफल र नालायक हुदै गर्दा व्यवस्थामाथि प्रहार हुन थालेको दावी गर्दै व्यवस्था जोगाउन माओवादी लागिपरेको उनले बताए । जनतामा निराशा र आक्रोश पैदा भएको छ । माओवादीले तेस्रो दल र दोस्रो ठूलो दलले सरकार संचालन गरिसकेकाले अव पहिलो दललाइ सरकार चलाउन भनिएको बताए । पहिलो दलले सरकार संचालन गरे के गर्ने भनेर हामीले सोच्छौ भनेका छौ भन्दै उनले सकेसम्म सरकार जान नपरोस् भन्ने चाहना रहेको उनले सुनाए ।
पोखरा बिमानस्थालको निष्पक्ष छानविन होस्
एक फरक प्रसंगमा पूर्वअर्थमन्त्रीसमेत रहेका पुनले पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलमा भ्रष्टाचार भएको भन्ने विषयको निष्पक्ष छानविन गर्नुपर्ने बताए । संसदीय समिति एउटा राजनीतिक समिति मात्र रहेको र प्राविधिक नरहेको भन्दै उनले संसदीय समितिले दिएको प्रतिवेदनका आधारमा लेखा समितिले नियामक निकायलाई छानविनका लागि प्रक्रिया अघि बढाउनुपर्ने बताए । ‘प्राविधिक विषय रहेकाले कसैलाई आरोप लगाएर वा बदनाम गराउने उद्देश्यले मात्र काम गरिनु हुदैन’ उनले भने, ‘प्राविधिक रुपमाले छानविन गर्ने वातावरण वनाउन लेखासमिति समक्ष आग्रह गर्दछु । पार्टीको मध्यपहाडी (पुष्पलाल) राजमार्गमा संचालित जागरण अभियानका लागि रोल्पा जाने क्रममा पुनसंग सेन्टरले पत्रकार भेटघाटको आयोजना गरेको थियो ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->