सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

नियमित काम पनि प्रगतिको सूचीमा

नियमित काम पनि प्रगतिको सूचीमा


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ७ २०८२, बुधबार

बागलुङ/बागलुङ नगरपालिकामा वहालवाला नेतृत्वले पदवहालि गरेको तीन वर्ष पुगेको छ । नगरले तीन बर्वा पुगेको अवसरमा आफ्ना कामकारवाहीलाई ४१ बुँदामा समावेश गरेर सार्वजनिक गरेको छ ।

अघिल्ला दुई वर्ष भव्य समारोह आयोजना गरेर नगरका कामको फेहरिस्त प्रस्तुत गरेका नगरप्रमुख वसन्तकुमार श्रेष्ठ तेस्रो बर्षमा भने नरम देखिए । केही जनप्रतिनिधि, केही कर्मचारी र स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविका उपस्थित रहेको बन्द कोठामा उनले तीन वर्षका कामको सूची पढेर सुनाए । ४१ बुँदामा बिषयगत रुपमा उल्लेख गरेर तयार गरिएको प्रगतिको सूचीमा नयाँ र तत्कालै सर्वसाधारणले लाभ लिएका भन्दा धेरै नियमित कामकै प्रगति समाबेश छन् ।

पहिलो कार्यपालिका बैठकले निर्णय गरेको बालमैत्री नगर घोषणा गरेको बिषय प्रगति बिबरणमा समावेश छ । आधुनिक बागलुङ बसपार्क उद्घाटन गरेको बिषयलाई श्रेष्ठले प्राथमिकताका साथ सूचीमा चडाएका छन् । नगर प्रमुख श्रेष्ठले सार्वजनिक गरेको सूचीमा नीतिगत व्यवस्था तथा सुशासन तर्फ नौ बुँदामा प्रगतिको चर्चा गरिएको छ । डोजर प्रयोग गरेर नयाँ सडक बनाउन बन्द गरेको, दश तलासम्मको घर निर्माणमा नक्सा पास, कर्मचारीलाई उत्तरदायी बनाइएको, घरदैलो तथा घुम्ती सेवा सञ्चालन, उपभोक्ता सहभागिता दश प्रतिशतमा झारिएको, योजना सम्झौता सहज बनाइएको जस्ता नियमित काम प्रगति विवरणमा उल्लेख छन् ।

भौतिक उपलब्धितर्फ सडक निर्माण, भवन निर्माण, खानेपानी र सिंचाइका योजना सञ्चालन गरेको विषय श्रेष्ठले प्रगतिको सूचीमा अटाएका छन् । बागलुङ बजारमा आकाशे बत्ति राख्ने, विद्युतीकरण, एकिकृत बस्तिका लागि डीपीआर तयार गरेको र भूमिहीनका लागि जग्गा दिने काम अघि बढेको विषय विवरणमा उल्लेख छ ।

सामाजिक बिकासतर्फ नगरले बालमैत्री नगर बनाउन गरेको मेहनतलाई प्राथमिकताका साथ विवरणमा राखेका छन् । बिद्यालयको तह मिलान, जेष्ठनागरीकलाई दिइएको सेवा, नगरकी छोरी कार्यक्रम, सामि परियोजनामार्फत् गरेका परामर्श र राहत वितरणका प्रगति फोहोर मैला व्यवस्थापन, सामाजिक सुरक्षा भत्ता वितरण लगायतका कामलाई तीन वर्षको प्रगति मानिएको छ ।

आर्थिक बिकासतर्फ हेफर प्रोजेक्टसँग मिलेर बाख्रा, बोका वितरण, कागती, सुन्तला, ओखर र किविका बिरुवा वितरण गरेको श्रेष्ठले बताए । गोठ सुधार, नस्ल सुधार, तालिम/गोष्ठीजस्ता कार्यक्रमहरु प्रगतिमा उल्लेख छन् । नगरले तीन बर्षको अबधिमा ५८ जना गरिव तथा विपन्न परिवारका युवाहरुलाई उद्यम व्यपार व्यवसाय सञ्चालनका लागि सहुतिलयमा कर्जा दिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->