शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

सामाजिक अराजकता रोक्नुपर्छ : मन्त्री पाठक

सामाजिक अराजकता रोक्नुपर्छ : मन्त्री पाठक


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ७ २०८२, बुधबार

पोखरा/गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठकले विकास विकासमा बाधक बनिरहेको सामाजिक अराजकतालाई परास्त गर्न आवश्वयकता रहेको औल्याएका छन् । पोखरा जेसिसको सप्ताहव्यापी कार्यक्रमको समापनमा बोल्दै मन्त्री पाठकले नेपाली समाजमा बढ्दै गएको अराजकतालाई नियन्त्रण गर्न नसके मुलुक अराजकताको भुमरीमा फस्ने दाबी गरे ।

अराजकता र उच्श्रृंखल गतिविधि युवा पंक्तिमा बढी देखिएकाले युवाहरुको क्षेत्रमा काम गर्ने जेसिसले यस्ता गतिविधिविरुद्ध आवाज उठाउनु मन्त्री पाठकले आग्रह गरे । मुलुकमा केही भएन भनेर नकारात्मक भाष्य निर्माण गर्न खोज्नेहरुलाई समाज विरोधीको संज्ञा दिंदै मन्त्री पाठकले भने, ‘समाजका विरोधीहरुलाई ठिक ठाउँमा ल्याउने काम जेसिजको हो, सामाजिक अगुवाहरुले पनि साथ दिनुपर्छ ।’

नेपाली समाज र नेपालको सामाजिक जीवन विश्वका अरु राष्ट्रहरुको भन्दा फरक र उत्कृष्ट रहेको दाबी गर्दे पाठकले नेपालको उज्ज्वल र सबल भविष्य युवापुस्तालाई बुझाउन नसक्दा रोजगारी र अध्ययनका नाममा युवा पलायन बढ्दै गएप्रति गुनासो गरे । युवाहरुलाई देशमै उद्यमी बनाउन सकिन्छ भन्नेतर्फ राज्य गम्भीर हुनुपर्ने र तदनुरुपका नीति नीति निर्माण गर्नुपर्ने मन्त्री पाठकको भनाई थियो ।

नेतृत्व निर्माण र हस्तान्तरणसंगै व्यक्तित्व विकास र सामाजिक क्षेत्रको काममा समेत जेसिसले महत्वपूर्ण भुमिका निर्वाह गर्दै आएकोप्रति प्रशंसा व्यक्त गर्दै मन्त्री पाठकले आगामी दिनमा पनि आफ्ना सत्कर्मलाई निरन्तरता दिन आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->