सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

योजना निर्माणमा जनगणनाको तथ्यांक उपयोगी

योजना निर्माणमा जनगणनाको तथ्यांक उपयोगी


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ७ २०८२, बुधबार

बागलुङ/संघिय, प्रदेश र स्थानीय तहको नीति र बजेट निर्माणमा तथ्यांकको महत्वपूर्ण भूमिका रहेको सरोकारवालाले बताएका छन् । राष्ट्रिय जनगणना २०७८ को पूर्ण बिवरण र तथ्यांक विश्लेषण गर्न आयोजित ‘विषयगत प्रतिवेदन तथा स्थानीय तहको नतिजा सम्बन्धमा आयोजित अन्तरक्रियामा सहभागिले उक्त धारणा राखेका हुन् ।

राष्ट्रिय तथ्यांक कार्यालय र तथ्यांक समन्वय कार्यालय बागलुङले आयोजना गरेको कार्यक्रममा सर्वसाधारण जनताले बुझ्ने र उपयोग गर्नेगरी सबै सूचकको तथ्यांक बनाएको हो । उक्त तथ्यांकको उपयोगिता, प्रयोग गर्ने तरिका र विश्लेषणको पद्दतीबारे पनि छलफल भएको थियो ।

कार्यक्रममा कार्यालयका निर्देशक राजन सिलवालले तथ्यांक विश्लेषणले देशको विकासमा योगदान पुग्ने, सही नीति निर्माण हुने बताए । मध्यम अवस्थाको रुपमा कार्यालयले आगामी सन् २०५१ सम्मको तथ्यंक प्रक्षेपण गरिएको समेत उनले बताए । कुनै युद्द वा महामारी बाहेकको अवस्थामा उक्त समय सम्मको तथ्यांक प्रक्षेपण गरिएको उनको भनाइ छ । उक्त प्रक्षेपणकै अधारमा विकास योजना निर्माण गर्न सकिने उनको भनाइ थियो ।

कार्यालयले उमेर अनुसारको स्थानीय तह र वडा तहसम्मको तथ्यांक विश्लेषण गरेको छ । जातजाती, धर्म, लिंग लगायतको सूचकमा पनि विश्लेषण गरिएको हो ।

अर्का निर्देशक विनोद आचार्यले स्थानीय तहको पूर्वाधार विकास, खानेपानी, शिक्षा र स्वास्थ्य लगायतको कामका लागि पनि तथ्यांकको जरुरी भएको बताए । साथै, स्थायी र अस्थायी बसोबास गर्ने नागरिकको यकिन तथ्यांक नभए योजना नै अलपत्र पर्ने उनको भनाइ छ ।

कार्यक्रममा तथ्यांक अधिकृत दिनानाथ लम्सालले तथ्यांकबारे प्रस्तुतीकरण गरेका थिए । कार्यक्रममा जिल्ला समन्वय अधिकारी कृष्णराज गौतम, नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष राम थापा अविरल, धौलागिरि बहुमुखी क्याम्पसका सहायक प्रमुख डिल्लीराज गौतमले आफ्नो धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->