सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

ढोरपाटन पूर्ण खोपयुक्त नगरपालिका घोषणा

ढोरपाटन पूर्ण खोपयुक्त नगरपालिका घोषणा


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ८ २०८२, बिहिबार

बागलुङ/ढोरपाटन नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना भएको घोषणा भएको छ । बुधबार एक कार्यक्रमका बीच उक्त घोषणा भएको हो ।

पालिका स्तरीय खोप समन्वय समितिले शुन्यदेखि १५ महिना उमेर समुहका ६सय ८ जना बालबालिका,, १६ देखि २३ महिना उमेर समुहका ४ सय ५४ जना र घरधुरी सर्वेक्षणको क्रममा खोपको मात्रा पुरा नगरेका १० बालबालिकालाई समेत खोपको दायरामा ल्याइएको थिायो । यो अभियान सफल भएपछि बुधबार औपचारिक रुपमा नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको हो ।

गत २०८१ माघ १ गतेदेखि खोजपड्ताल कार्यक्रम सुरु गरिएको र चैत्र र बैशाख महिनामा ९ वटै वडालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएपछि पालिका घोषणा गरिएको ढोरपाटन नगरपालिका स्वास्थ्य संयोजक भुमिश्वर शर्माले बताए ।

घोषणा सभामा बोल्दै प्रमुख प्रशासकीय अधिकृत चिरन्जिवी घिमिरेले मानव स्वास्थ्यलाई पहिलो प्राथमिकताका साथ काम गर्नुपर्ने बताए । उनले पूर्वाधार निर्माणभन्दा पहिलो प्राथमिकता मानवीय विकासमा लगाउनुपर्ने समेत धारणा राखे । बुर्तिवाङ अस्पतालकी निमित्त प्रमुख डा. रचना सुवेदीले पूर्ण खोप अभियानले आमा र शिशुको स्वास्थ्यमा महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरिन ।

प्रमुख प्रशासकीय अधिकृत चिरन्जिवी घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ढोरपाटन नगरपालिकाका लेखा अधिकृत सूर्यबहादुर विक., प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका क्षयकुष्ठ निरीक्षक देवप्रकाश घिमिरे, वडा नं. १ का अध्यक्ष वानबहादुर छन्त्याल, अस्पत्ताल नर्सिङ निरीक्षक पार्वती अर्याल, महिला स्वास्थ्य स्वयम्सेविका खगिसरा पाण्डेले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम बेलीकुमारी भुजेलको स्वागत र केशव थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो अभियान सम्पन्न गर्न भूमिका खेल्नेहरुलाई सम्मान समेत गरिएको थियो । हरेक वर्ष बालबालिकाले पाउनुपर्ने खोप पुरा भएमा दक्ष नागरिक उत्पादन गर्न सहज हुने सरकारले लक्ष्य राखेको छ । सोहीअनुसार हरेक वर्ष सबै बालबालिकालाई आवस्यक खोप लगाएर पूर्ण खोप र दिगोपनाको घोषणा गर्ने गरिन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->