सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

गलकोट नगरका सबै बालबालिकाले खोप लगाए

गलकोट नगरका सबै बालबालिकाले खोप लगाए


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ८ २०८२, बिहिबार

बागलुङ/गलकोट नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । गलकोट नगर स्वास्थ्य शाखाले आयोजना गरेको पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रममा बोल्दै नगरप्रमुख भरत शर्मा गैरेले खोप कार्यक्रमलाई दिगोपना दिन नगरपालिकाले विभिन्न नीति तथा कार्यक्रमहरु अगाडि सार्ने बताए ।

गलकोट नगरपालिकामा जन्मेदेखी देखी १५ महिनाका ४ सय २७ जना बालबालिका र १६ देखि २३ महिनाका ३ सय २७ जना बालबालिकालाई पूर्ण खोप लगाई पुर्ण खोप नगर सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको थियो ।

कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख तथा जनस्वास्थ्य अधिकृत सुशिल पौडेलले पालिका स्तरीय खोप समन्वय समितिको पूर्ण खोप सुनिश्चितताको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत घनश्याम गौतम, सामाजिक विकास समितिका संयोजक तथा वडा नं. २ का वडा अध्यक्ष हिम बहादुर भण्डारी, गलकोट नगर अस्पतालका प्रमुख डा. राजेश पौडेल, लेखा अधिकृत कृष्ण प्रसाद खराल, गलकोट उद्योग वाणिज्य संघका अध्यक्ष ढालिन्द्र प्रसाद गौतमले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रम गलकोट नगरपालिकाका नगरप्रमुख तथा पालिका स्तरीय खोप समन्वय समितिका संयोजक भरत शर्मा गैरेको अध्यक्षता, गलकोट नगरपालिकाका जनस्वास्थ्य निरीक्षक मिरा शर्माको स्वागत र जनस्वास्थ्य अधिकृत पारस पंगेनीको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->