सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

मध्यपहाडी लोकमार्ग मेरै परिकल्पना हो : प्रचण्ड

मध्यपहाडी लोकमार्ग मेरै परिकल्पना हो : प्रचण्ड


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ८ २०८२, बिहिबार

बागलुङ/नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मध्यपहाडी लोकमार्ग आप्नो परिकल्पना भएको दावी गरेका छन् । उनले महत्वपूर्ण राजमार्ग बनाउने निर्णय आफ्नै पालामा भएको पनि दावी गरे ।

‘जनतासँग माओवादी, मध्यपहाडी लोकमार्ग जनजागरण अभियान’को क्रममा बागलुङको बुर्तिवाङ र गलकोटमा आयोजित सभामा बोल्दै प्रचण्डले मध्यपहाडी लोकमार्ग, मदनभण्डारी राजमार्ग र हुलाकी राजमार्ग समेत आफ्नो पहल र निर्णयमा भएको दावी गरे । ‘मैले २०६५ सालमा लोकमार्ग बनाउने निर्णय गरेको थिए“, त्यसले अहिले पहाडी क्षेत्रको बिकासमा योगदान पुगेको छ’ उनले भने, ‘कसैले आएर गफ लगायो भने नपत्याउनु होला ।’

उनले २०६५ को सरकारले दुरगामी निर्णय र काम थालेको पनि दावी गरे । हिमालको फेदीमा अर्को राजमार्ग आवस्यक छ । ती राजमार्ग जोड्न उत्तरदक्षिण करिडोर चाहिएकोले कालगण्डकी लगायतका करिडोर बनेको उनको भनाइ छ । राष्ट्रिय एकता कायम गर्ने यी पूर्वाधार अब स्तरीय बन्नुपर्ने बताए ।

वर्तमान सरकार भने भ्रष्टाचारमा डुवेको उनको आरोप छ । उनले देशमा भ्रष्टाचार बढाउने काम वर्तमान सरकारले गरेको आरोप समेत लगाए । ‘भ्रष्टाचारीलाई कारवाही गर्न खोज्दा माओवादी नेतृत्वको सरकार ढाल्ने काम भयो’ उनले भने, ‘देशीबिदेशी शक्तीले माओवादीले काम गरेको देखि सहेनन् ।’ उनले माओवादीले गरेका राम्रा कामको प्रचार गर्न नसक्दा सरकारबाट बाहिरिनु परेको समेत बताए । निरास भएका जनतालाई आसा जगाउन पनि राजमार्गको यात्रा गरेको उनको भनाइ छ ।

अर्को प्रसंगमा उत्तरगंगा जलासययुक्त जलविद्युत आयोजना बागलुङ तर्फ बनाउनु पर्ने धारणा राखे । रुकुम की बागलुङ भन्ने भेरहेको अबस्थामा सस्तो र सहज रुपमा बनाउन सकिने र धेरै बिद्युत उत्पादन हुने भएकोले बागलुङ तर्फ बनाउने काममा पहल गर्ने भन्दै स्थानीयलाई आश्वासन पनि दिए ।

यो अभियान माओवादीको मात्र नभइ आम नागरिकको भैसकेको दावी समेत गरे । यो अभियान जस्तै पार्टी पनि सबैको आशा र भरोसाको बनाउने उनले बताए । जनतामा माओवादी प्रति आशा र भरोसा पलाएको समेत उनको दावी छ ।

पूर्व उपप्रधानमन्त्री तथा बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले माओवादीले क्रान्तिको बाटो नभुलेको बताए । उनले युगान्तकारी परिवर्तनले लोकतान्त्रिक गणतन्त्र ल्याएकोभन्दै यो लोकतन्त्र परंपरागत नभइ समाजवाद उन्मुख भएको बताए ।

माओवादीले क्रान्तिको लक्ष्य दुइवटा बनाएको उनले बताए । पहिलो राजनीतिक लक्ष्य मार्फत बैज्ञानिक समाजबादमा पुग्ने र दोश्रो जनताको अपेक्षा अनुसार बिकास र समृद्दि ल्याउनु भएको बताए । त्यसकालागि शुशासन, समृद्दि र सामाजिक न्यायलाई केन्द्रमा राखेर माओवादीले काम गर्ने उनले दावी गरे ।

गरिब जनताको पक्षमा काम गर्न माओवादी सरकारले बिपन्न परिवारको २० लाख सम्मको ऋण मिनाहा गरेको बताए । आर्थिक समृद्दि ल्याउन मध्यपहाडी लोकमार्ग बनाउने निर्णय माओवादीले गरेको, लोडसेडिङ अन्त्य गर्ने निर्णय गरेको, भ्रष्टाचारीलाई तह लगाउने काम गरेको दावी समेत गरे ।

सार्वजनिक जग्गा मिच्नेलाइ समात्न खोज्दा, भ्रष्टाचारीलाइ जेल हाल्न खोज्दा माओवादी सरकार ढलेको उनको दावी छ । ‘हामीले लगाएको मुद्दा यो सरकारले फिर्ता लियो, त्यो भन्दा थप बुझ्नै पर्दैन’ यो सरकार जतिदिन सरकारमा बस्छ, त्यतिदिन गणतन्त्र खतरामा पर्दै जान्छ ।’ सरकारमा नभएपनि माओवादीले सुशासनको एजेण्डा बोकेर लोकमार्गको यात्रा गरेको बताए । पार्टीमा पनि केही कमजोरी भएको उनले बताए । त्यसैले पुर्नगठन गर्न खोजेको दावी गरे । अब पार्टी भित्र सास्कृतिक क्रान्ति ल्याउने भन्दै भ्रष्टीकरणको प्रकृया सच्याउने, उपलब्धीमा साथ दिने जनताको चाहना अनुसार पार्टी अगाडि बढ्छ । रुपान्तरण गर्न नसक्ने अब माओवादी नहुने उनले घोषणा गरे ।

अर्का उपाध्यक्ष्य पम्फा भुषालले वर्तमान सरकार बिचौलियाको भएको दावी गरिन् । बर्तमान सरकारले आफ्नालाई जोगाउने, अर्कालाइ जेल हाल्ने बिभेदकारी काम गरेको टिप्पणी गरिन् । वर्तमान सरकारको भूमिकाले प्रतिक्रान्तिकारीले राजा ल्याउने सपना देख्न थालेको बताइन् । बिहिवार माओवादी नेताहरु बुर्तिवाङ, गलकोट र ताराखोलामा आयोजित कार्यक्रममा सहभागि भए । विहिवार अध्यक्ष प्रचण्ड सहितका नेताहरुले लोकमार्ग आसपास र ताराखोलाका सहिद परिवार, जनआन्दोलनका घाइते र बेपत्ता परिवारलाई भेटेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->