सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

नसर्ने रोग नियन्त्रणमा लागौं : मन्त्री पाठक

नसर्ने रोग नियन्त्रणमा लागौं : मन्त्री पाठक


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ८ २०८२, बिहिबार

बागलुङ/दक्षिण बागलुङको बरेङ गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । शुन्यदेखि १५ महिना उमेर समुहका १ सय ३६ जना बालबालिका र १६ देखि ५९ महिना उमेरका ५ सय ९ जना बालबालिका खोपको दायरामा आएपछि बिहिबार बरेङलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो ।

कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठकले नसर्ने रोग नियन्त्रण चुनौतीपूर्ण रहेको बताएका छन् । सर्नेभन्दा नसर्ने रोगको संक्रमण भयावह हुँदै गएको भन्दै पाठकले नसर्ने रोगको नियन्त्रणका लागि सबै नागरिकमा सचेतना आवश्यक रहेको बताए ।

खानपान र रहनसहनका कारण नसर्ने रोगका बिरामी बढिरहेको भन्दै पाठकले क्यान्सर जस्तो प्राणघातक रोगको संक्रमण बढ्नु दुःखद भएको बताए । उनले आयातित फलफुल तरकारी लगायतका खाद्यान्नमा प्रयोग हुने बिषाधिका कारणले नसर्ने रोग बढेको भन्दै स्थानीय उत्पादन बढाउने र स्थानीय उत्पादननै प्रयोग गर्न आग्रह गरे ।

पाठकले प्रदेश सरकारले नसर्ने रोगको स्क्रिनिङा बिषेश ध्यान दिईरहेको बताए । उनले आगामि बर्षको बजेट तथा कार्यक्रममा चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि प्रोत्साहन कार्यक्रम ल्याईने बताए । दुर्गममा का मगर्ने चिकित्सकमा उत्साह आउनेगरी सरकारले बजेट ल्याउने बताए । स्वास्थ्य क्षेत्रका तथ्यांकले देशका सबै क्षेत्रलाई नेतृत्व गरिरहेको भन्दै स्वास्थ्यजस्तो संवेदनशिल क्षेत्रमा लगानी बढाउन आवश्यक रहेको बताए ।

कार्यक्रममा जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमर थापाले स्वास्थ्यकर्मीहरुको मेहनतको प्रसंसा गरे । बरेङ गाउँपालिका अध्यक्ष कृष्ण प्रसाद शर्माले गाउँपालिकाले स्रोत र सधनको अभावका बाबजुत काम गरिरहेको बताए । कार्यक्रममा पालिकाका प्रमुख प्रशासकिय अधिकृत खडग विकले बरेङमा खोप सम्बन्धि प्रगति प्रतिवेदन प्रस्तुत गरे ।

गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत पालिका प्रवक्ता तुफान पुन र संचालन स्वास्थ्य शाखा प्रमुख पदम बहादुर पुनले गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->