सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

लागूऔषध मुद्दामा फरार प्रतिवादी १३ वर्षपछि पक्राउ

लागूऔषध मुद्दामा फरार प्रतिवादी १३ वर्षपछि पक्राउ


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ८ २०८२, बिहिबार

बागलुङ/लागूऔषध मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले तेह्र वर्षपछि पक्राउ गर्न सफल भएको छ ।

बागलुङ जिल्ला अदालतबाट लागूऔषध (गाँजा,चरेश) मुद्दामा २०६८ जेठ २ गते पाँच वर्ष कैद र सात हजार रुपियाँ जरिवाना तोकिएपछि फरार गलकोट नगरपालिका वडा नं. ३ हटिया बस्ने ३९ वर्षिय आकाश किसानलाई प्रहरीले तेह्र वर्षपछि पक्राउ गरेको हो ।

पक्राउ पर्नुभएका किसानलाई जिल्ला अदालतको आदेश कार्यावन्यनका लागि जिल्ला कारागार पठाईएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरिक्षक बसन्त पाण्डेले जानकारी दिए । मुद्दा फैसलापछि फरार किसानलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले हटियाबाट पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->