सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

गाउँमा विशेषज्ञ, बिरामीलाई सुविधा

गाउँमा विशेषज्ञ, बिरामीलाई सुविधा


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ९ २०८२, शुक्रबार

बागलुङ/दक्षिण बागलुङको बरेङ गाउँपालिका वडा नं. ३ बाटाकाचौरकी ८२ वर्षिया भागीरथी लुहारले बिहिबार आफ्नै गाउँमा बिशेषज्ञ चिकित्सक भेटिन् । सधैं पेट दुख्ने समस्या लिएर बाटाकाचौर स्वास्थ्य चौकी पुगेकी उनले चिकित्सकलाई आफ्नो समस्या बताईन् । चिकित्सकले आवश्यक सबै जाँच पछि औषधि दिए । परिवारको सहारामा स्वास्थ्य चौकी पुगेकी लुहार निकै हर्सित मुद्रामा घर फर्किइन् ।

बाटाचौरकै ७० बर्षिया बिष्णु थापा पनि बिहिबार बिहानैदेखि बाटाकाचौर स्वास्थ्य चौकीको प्राङ्गणमा लाईनमा थिईन् । बिहानको ११ बज्नै लाग्दा थापाको जाँच गर्ने पालो आयो । उनको कन्सल्टेण्ड फिजिसियन सन्दिप सापकोटाले जाँच गरे । पुराना कागजपत्र समेत हेरेपछि उनले औषधि लेखिदिए । स्वास्थय चौकीको दायाँतर्फको कुनामा रहेको औषधि बितरण कक्षमा पुगेर थापाले औषधि लिएपछि खुसी हुँदै घर फर्किइन् ।

स्वास्थ्य चौकीका सिमित कोठाहरुमा चिकित्सकहरु हेमन्त बास्तोला, सन्दिप सापकोटा, सन्दिप केसी, आशिष सापकोटा लगायतले बिरामीको जाँच गरेका थिए । सन्तोष सुवेदीको नेतृत्वमा औषधिबितरण र आशिष शाक्यको नेतृत्वमा प्रयोगशाला सेवा चलिरहेको थियो । स्वास्थय चौकी प्राङ्गणमा बिभिन्न रोगका समस्या भएका बिरामीको भिड थियो ।

धौलागिरी प्रादेशिक अस्पताल बागलुङ र प्रादेशिक अस्पताल पर्वतका चिकित्सहरुको बिशेष उपस्थितीमा स्वास्थय चौकीमा नै बिशेषज्ञ सेवा उपलव्ध गराउने प्रबन्ध बरेङ गाउँपालिकाले मिलाएको हो । गण्डकी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयको समन्वय, दुवै अस्पतालको प्राबिधिक सहयोग र गाउँपालिका तथा वडा कार्यालयको आयोजनामा भएको शिबिरबाट बरेङबासी ४ सय भन्दा धेरै बिरामीले सेवालिएका छन् ।

शिविरमा आउने अधिकांश बिरामी सुगर, प्रेसर लगायतका समस्याका रहेको डा. हेमन्त बास्तोलाले बताए । शिविरमा हाडजोर्नी तथानशा, समान्य चिकित्सा, बाल रोग, महिला तथा प्रसुती रोग, भिडियो एक्सरे सेवा, ल्याव सेवा र निशुल्क औषधि वितरण गरिएको थियो ।

शिविरमा सहभागि अधिकांश जेष्ठ नागरीक, महिला तथा बालबालिका थिए । उनीहरु सबैमा गाउँमै ल्याव, भिडियो एक्सरे सहितको बिषेशज्ञ सेवा पाएकोमा खुसी देखिन्थ्यो । गाउँबस्तीमा लुकेका समस्याको पहिचान गर्ने, सर्ने तथा नसर्ने रोगको पहिचान र निदान गाउँमै गर्ने उद्देश्यले शिविर आयोजना गरिएको गाउँपालिका अध्यक्ष कृष्ण प्रसाद शर्माले बताए । केही समयअघि पनि वडामा शिविर सञ्चालन भएको र थप बिशेषज्ञ सेवा माग भएपछि शिविर आयोजना गरिएको वडा अध्यक्ष शेरबहादुर खनालले बताए ।

शिविरको उद्घाटन गर्दै गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्ण प्रससाद पाठकले सरकार नागरिकको स्वास्थ्यप्रति जिम्मेबार रहेको तबाए । उनले नागरिकको नजिक बिषेशज्ञ सेवा पुर्याउन प्रदेश सरकारले काम गरिरहेको बताए । कार्यक्रम बरेङ सेवा समाज काठमाण्डौंका सचिव पदम गिरीको स्वागत र गाउँ शिक्षा अधिकारी सूर्य प्रसाद शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->