सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

ताराखोलामा प्रचण्डको एक रात

ताराखोलामा प्रचण्डको एक रात

सहिदको रगतले संघिय लोकतान्त्रिक गणतन्त्र संभव भएको हो : प्रचण्ड


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ९ २०८२, शुक्रबार

बागलुङ/नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्दको आधार इलाकाको रुपमा रहेको ताराखोलामा एक रात बिताएका छन् । माओवादीले संचालन गरेको ‘जनतासँग माओवादी, मध्यपहाडी लोकमार्ग जनजागरण अभियान’को क्रममा बागलुङको ताराखोला पुगेका प्रचण्डले शनिवार सहिद र बेपत्ता परिवारका सदस्य लाई पनि भेटेका छन् । उनले सहिद परिवारलाई सम्मान समेत गरे ।

उनले सहिदको रगत, पसिना र कार्यकर्ताको मेहेनतबाट गणतन्त्र ल्याउन सफल भएको बताए । उनले संघिय लोकतान्त्रिक गणतन्त्रलाई सफल बनाउन सहिदको सपना अनसार काम गर्नुपर्ने बताए । माओवादी नेतृत्वको सरकारले गरेका क्रान्तिकारी र प्रगतीशिल कामलाई निरन्तरता दिनपनि आबस्यकता भएको बताए । ‘माओवादी नेतृत्वमा नगएसम्म सहिदका सपना पुरा हुनेगरी काम बन्दैन’ उनले भने, ‘फटाहा र भ्रष्टाचारमा लिप्तहरुले परिवर्तनको चाहना अनुसारको काम बन्दैन ।’ उनले बर्तमान सरकारलाई जाली फटाहाहरुको झुण्ड भएको पनि आरोप लगाए ।

बिहिवार राती प्रचण्डले ताराखोलामा निर्माण भएको सहिदपार्क उद्घाटन गरेका थिए । ताराखोला गाउँपालिका भित्रका २६ सहिदको शालीक निर्माण भएकोले उनले अनावरण गरेका हुन् । सहिद पार्कले सधैं स्मरण गर्ने मात्र नभइ उनीहरुको सपना पुरा गर्ने प्रेरणा दिने पनि बताए । साथै उनले सहिदका सपनालाई त्याग्न नहुने पनि बताए ।

उनले अर्को प्रसंगमा बिस्तृत शान्ति सम्झौताका अधिकांस काम पुरा भएको भन्दै सहिदको सपना अनुसारको काम गरेमा बाँकी काम पुरा गर्नुपनै बताए । ‘जनयुद्द’का सहिदलाई ‘राष्ट्रिय सहिद’ घोषणा गर्नु आफ्नो कार्यकालको महत्वपूर्ण उपलब्धी भएको प्रचण्डको दावी छ । नेपालको राजनीतिक परिवर्तन पनि सहिदको कारण संभव भएको उनको दावी छ । अबका दिनमा देशको सामाजिक र आर्थिक समृद्दिमा पनि माओवादीले काम गर्ने उनले बताए । त्यसकालागि माओवादी फेरी सरकारमा जानुपर्ने उनको धारणा थियो । उनले जनयुद्दलाई हिंसा र आतंक थियो भन्नेहरुले जनयुद्दको गतिमा काम गर्न नसक्ने समेत बताए । जाली र फटाहाहरुले मात्र जनयुद्दको बिरोध गरेको प्रचण्डको टिप्पणी थियो ।

बिहिवार राती अध्यक्ष प्रचण्ड, बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्षहरु कृष्णबहादुर महरा, पम्फा भुषाल, अग्नि सापकोटा, नन्दबहादुर पुन, महासचिव देव गुरुङ लगायतका शिर्ष नेता बिहिवार अर्गलको किकल्टा होमस्टेमा बास बसेका थिए । अध्यक्ष प्रचण्डले अलपत्र परेको सहिद मार्ग निर्माण र उद्घाटन भएको सहिद पार्क व्यवस्थापनकालागि बजेट तथा कार्यक्रममा समावेश गर्न पहल गर्ने बताए । जनयुद्द कालमा श्रमदान गरेर बनाइएको ४० किमीको सहिद मार्ग अहिले पनि स्तरउन्नती भएको छैन । उक्त सडकबाट बर्षातमा यात्रा गर्न कठिन छ ।

सहिद पार्क बनेपनि व्यवस्थापन गर्न बाँकी रहेको भन्दै पार्टी नेतृत्वलाई बजेटको व्यवस्थापन गरिदिन गाउँपालिका अध्यक्ष धनबहादुर बिकले आग्रह गरे । उनले गाउँपालिका भवन पनि देखाए । साथै गाउँपालिकाले गरेका कामको प्रस्तुतीकरण गरेर पार्टी नेतृत्वलाई जानकारी पनि गराइयो ।उक्त अबसरमा शिर्ष नेताहरुलाई अल्लोको टोपी र ताराखोलामै बनेका सामाग्री मायाको चिनो दिइयो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->