सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

निसीखोलाका विपत् प्रभावितलाई राहत वितरण

निसीखोलाका विपत् प्रभावितलाई राहत वितरण


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १० २०८२, शनिबार

बागलुङ/जिल्लाको पश्चिम क्षेत्रमा पर्ने निसीखोला गाउँपालिकाका प्राकृतिक विपत् प्रभावितलाई राहत वितरण गरिएको छ । गत जेठ २ गते शुक्रबार दिउँसो निसीखोला गाउँपालिका १ लेवाङमा हावाहुरीसँगै परेको भीषण वर्षाले पन्ध्र घरमा क्षति पुगेपछि पीडित बनेका परिवारलाई गाउँपालिकाले राहत वितरण गरेको हो ।

विपत्बाट लेवाङका पन्ध्र घरमा क्षति पुगेपनि स्थानीय सरकारका जनप्रतिनिधि र प्रहरी प्रशासनको टोलीले स्थलगत अध्ययन गरी दश परिवारलाई नगद दश हजार रुपियाँसहित चामल, दाल, तेल, नुनलगायतका खाद्यान्न वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत जिवन पुन मगरले जानकारी दिए । विपत् प्रभावितलाई पालिकाका अध्यक्ष सूर्य बहादुर घर्तिले नगदसहित खाद्यान्न राहत वितरण गरेका हुन् ।

भीषण वर्षासंगै चलेको हावाहुरीले घरको छाना उडाउँदा लेबाङका मनसरा विक, दिपसिंह विक, सन्जीता विक, सन्कला कमिनी, नरमति विक, देउराज विक, दबहादुर कामी, मञ्जु कुँवर र नरबहादुर सुनार कोही गोठ त कोही आफन्त घरमा बस्दै आएका छन् । हावाहुरीले घरको छानो उडाएर बस्न नमिल्ने भएपछि गाउँपालिकाले जस्तापाताले छाईदिने व्यवस्था समेत मिलाएको प्रमुखु प्रशासकिय अधिकृत मगरले बताए ।

हावाहुरी र वर्षाबाट प्रभावित आफ्ना नागरिकलाई विपतमा साथ दिन राहत वितरण गरिएको बताउँदै गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तिले पीडित परिवारलाई तत्कालका लागि राहत वितरण गरेपनि घरको छाना छाउन समेत पालिको साथ रहने बताए । आफ्ना कोही पनि नागरिक घरविहिन भएर बस्न नपर्ने बताउँदै घर्तिले नागरिकलाई सुरक्षित आवासको प्रबन्ध गर्ने समेत प्रतिवद्वता जनाएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->