शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति बनाएरै छाड्छौ– प्रचण्ड

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति बनाएरै छाड्छौ– प्रचण्ड


  • ढाेरपाटन संवाददाता
  • जेष्ठ १० २०८२, शनिबार

पोखरा/ माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली ल्याएरै छाड्ने बताएका छन् । पार्टीको मध्यपहाडी लोकमार्ग जनजागरण अभियान अन्तर्गत आज पोखरामा भएको जनसंवाद कार्यक्रममा प्रचण्डले यस्तो बताएका हुन् ।

‘हामीले पहिल्यैदेखि प्रत्यक्ष निर्वाचन कार्यकारी राष्ट्रपति हुनुपर्छ भन्दै आएका थियौ, तर कांग्रेस एमालेको असहमतिको कारणले संभव भएन’, उनले भने, ‘हामी यही कुरामा अडिएर बस्दा संविधानै नबन्ने र देश झन ठूलो भूमरिमा पर्ने खतरा देखिएपछि हामीले नोटअफ डिसेन्ट लेखेर १० वर्षपछि यो संविधानको समीक्षा गर्ने बेलामा हामी यो विषय फेरी उठाउने छौं, जनताको बिचमा लाने छौं भनेका हौ ।’ जनताको सहमति अनुसार संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिमा यो देशलाई पु¥याइ छाड्ने भनेकाले तपाई हामीले त्यही स्प्रिडमा जनतालाई प्रशिक्षित गर्नुपर्ने उनले बताए । निर्वाचन प्रणालीको संशोधनको आवस्यक रहेको समेत उनले बताए ।

मध्यपहाडी जनजागरण अभियान पार्टीले सोचे भन्दाबढी विशाल भएको र यो माओवादी केन्द्रको मात्र नभई आम नेपाली जनताको अभियान बनेको दावी गरे । झापाबाट कञ्चनपुरसम्मको हुलाकी राजमार्ग केन्द्रीत अभियानमा पनि सबै राजनैतिक दलका स्थानिय नेता कार्यकर्तादेखि नागरिक समाजका अगुवा, बुद्धिजिवी, शिक्षक कर्मचारी, मजदुर सबैको साझा अभियान बन्न पुगेको उनले सुनाए ।

‘तराइ–मधेश जहाँ गयो त्यहाँका जुनसुकै पार्टीका स्थानीय सरकारमा नेतृत्व होस् उनीहरुले हाम्रो यो अभियानलाई स्वागत अभिनन्दन गर्न कोही पछि परेनन बरु प्रतिस्पर्धाजस्तो भयो कसले राम्रो गर्ने, कसले राम्रो अभिनन्दन गर्ने भनेर’, उनले भने, ‘यो जनताको अभियान राष्ट्रको अभियान सबैको साझा अभियन बन्न पुग्यो ।’ सम्बन्ध विस्तारसंगै अभियान पार्टी एकताको अभियान जस्तो बन्न पुगेको उनको भनाइ थियो । तराइ मेधशमा मात्रै आठ–दश हजार विभिन्न दलका नेता कार्यकर्ताहरु अभियानमा जोडिन आएको उनको भनाई थियो ।

मध्यपहाडी लोकमार्गमा आउँदा समेत ठुलो मात्रामा माओवादीमा एकताबद्ध हुने क्रम चलेको उनले बताए । ‘आज हामी पोखराबाट काठमाडौं जादैँ छौं, पर्सी सम्भवत् दुइटा पार्टी एकता हुँदैछौ’ उनले भने, ‘अभियनले देश माओवादीमय बन्दै गएको देखिएको छ ।’ अभियान पार्टीका लागि एउटा उर्जा बनेको र नयाँ आर्थिक क्रान्ति नयाँ अभियान चलाउनै पर्ने भएको उनले सुनाए ।

सुरुमा पोखराको चिप्लेढुंगामा जनसभा गर्ने भनिएकोमा मौसमको कारण देखाउँदै पार्टी प्यालेसमा जनसंवाद गरिएको हो । यसमा मौसम, मौसमविद र गुगलले आफुहरुलाई धोका दिएको उनले गुनासो गरे । पोखरामा अभियानको सबैभन्दा ठूलो सभा हुने योजना रहे पनि त्यो पुरा हुन नसकेको भन्दै प्रचण्डले अर्को दिन मिलाएर जनसभाको आयोजना गरिने बताए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->