सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

धौलागिरि प्रादेशिक अस्पतालमा निशुल्क आँखा शिविर

धौलागिरि प्रादेशिक अस्पतालमा निशुल्क आँखा शिविर


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ११ २०८२, आइतबार

बागलुङ/धौलागिरि प्रादेशिक अस्पताल बागलुङको आयोजनामा आइतबारदेखि दुइ दिने निशुल्क आँखा शिविर शुरु भएको छ । शिविरमा मोतियाबिन्दु भएका बिरामीका लागि निशुल्क शल्यक्रिया गरिने अस्पताल व्यवस्थापन समितिका अधयक्ष अमरबहादुर थापाले जानकारी दिए ।

अस्पतालले नेपाल नेत्रज्योती संघ, धौलागिरि आँखा अस्पताल र पोखरास्थित हिमालय आँखा अस्पतालको प्राविधिक सहयोगमा शिविर संचालन गरेको हो । शिविरमा आँखा परीक्षणदेखि अपरेशन सम्मको सेवा संचालन हुनेछ । आँखा रोग बिशेषज्ञ डा. नारायणी भट्टराई रोकाको नेतृत्वमा रहेको चिकित्सक टोलीले अपरेशन गर्ने जनाइएको छ ।

आइतबार एक कार्यक्रमका बीच धौलागिरि प्रादेशिक अस्पतालका पुर्व अध्यक्ष देबबहादुर श्रेष्ठले शिविरको उद्घाटन गरे । उनले आँखा जस्तो संवेदनशिल अंगको रक्षा गर्न पहिले देखिनै सावधानी अपनाउनुपर्ने धारणा राखे । कार्यक्रममा जिल्ला समन्वय प्रमुख अमरबहादुर थापाले आँखा मानवको महत्वपुर्ण अंग भएपनि नियमित उपचारमा हामीले ध्यान नदिंदा अप्ठ्यारो परेपछि मात्र उपचारमा जाने प्रवृत्तिले धेरैमा समस्या आएको बताए ।

कार्यक्रममा नेत्रज्योती संघका अध्यक्ष बिन्दुसागर राजभण्डारी, पूर्व अध्यक्ष धु्रब बहादुर केसी, अस्पतालका पूर्व अध्यक्ष केवी राना, अस्पतालका निमित्त मेडिल सुपरीटेण्डेन्ट डा. शंकरराज लामिछाने लगायतले शुभकामना मन्तव्य राखेका थिए । अस्पतालकी सूचना अधिकारी शान्ति पौडेलको संचालनमा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो ।

पछिल्लो समय धौलागिरि आँखा अस्पतालले पनि नियमित सेवा प्रवाह र अपरेशन सहितका काम गर्दै आएको छ । त्यस बाहेक अस्पतालका चिकित्सक टोलीले ग्रामीण क्षेत्रमा पनि आँखा शिविर र अपरेशनको सेवा दिंदै आएको छ । यसै सन्दर्भमा बडिगाड गाउँपालिकामा पनि अर्को साता शिविर संचालनको तयारी गरिएको राजभण्डारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->