पोखरा/ नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपालको पोखरामा जारी १० औं महाधिवेशनमा अध्यक्षका दाबेदार सुमन पुरीले शक्ति प्रदर्शनसहित आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । आइतबार साँझ पुरीले उम्मेदवारी दर्ता गराएका हुन् । पुरीलाई निवर्तमान उपाध्यक्ष अमित लामासहितले साथ दिएका छन् ।
अध्यक्षमा उम्मेदारी दर्ता गर्दै निवर्तमान महासचिव सुमन पुरी । तस्वीरः ढोरपाटन
यसअघि वर्तमान अध्यक्ष क्षितिज थेवेले पनि नारा जुलुशसहित मनोनयन दर्ता गराइसकेका छन् । सर्वसम्मत नेतृत्व चयनको प्रक्रिया विफल भएपछि निर्वाचन हुने भएको छ । मतदान सोमबार हुने निर्वाचन समितिले जनाएको छ ।
अध्यक्षमा उम्मेदारी दर्ता गर्दै निवर्तमान अध्यक्ष क्षितिज थेवे । तस्वीरः ढोरपाटन





