शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

माओवादी केन्द्रले माग्यो गृहमन्त्री लेखकको राजीनामा

माओवादी केन्द्रले माग्यो गृहमन्त्री लेखकको राजीनामा


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १२ २०८२, सोमबार

काठमाडौं / नेकपा (माओवादी केन्द्र)ले गृहमन्त्री रमेश लेखकको राजीनामा मागेको छ। सोमबार बसेको पदाधिकारी बैठकले भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकबारे पनि प्रश्न उठेका कारण उनले राजीनामा दिएर छानबिनका लागि मार्गप्रश्त गर्नुपर्ने निष्कर्ष निकालेको हो।

बैठकपछि सञ्चारकर्मीहरूसँग बोल्दै पार्टीका प्रवक्तासमेत रहेका उपाध्यक्ष अग्नी सापकोटाले प्रश्न उठेको र सम्बन्धित निकायले छानबिन समेत सुरू गरिसकेका कारण राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्छ भन्ने निष्कर्ष पार्टीको बैठकले निकालेको बताए।

‘सम्बन्धित निकायले छानबिन सुरू गरिसकेको छ, यस्तो स्थितिमा राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्छ ताकी पहुँच प्रभाव र पावर प्रयोग हुन नपाओस् भन्ने निष्कर्ष छ,’ उनले भने। उनले कांग्रेसभित्र बाट पनि राजीनामा माग भएको बताए।

‘सबैतिरबाट चौतर्फी आवाज आइरहेका छन्। यस्तो विषय उठिसकेपछि नैतिकताको आधारमा राजीनामा दिनुपर्छ। स्वतन्त्र निष्पक्ष छानबिनका लागि उहाँले मार्गप्रशस्त गर्नुपर्छ भन्ने हाम्रो निष्कर्ष छ,’ उनले भने।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->