सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

भिमगिठे–मालारानी जोड्ने मोटरेवल पुल सञ्चालनमा

भिमगिठे–मालारानी जोड्ने मोटरेवल पुल सञ्चालनमा


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १२ २०८२, सोमबार

बागलुङ/पश्चिम बागलुङको बडिगाड गाउँपालिका ७ भिमगिठे र वडा नं. ९ दर्लिङको मालारानी जोड्ने गरी बडिगाड खोलाको कालिरहमा निर्माण गरिएको मोटरेबल पुलको उद्घाटन गरिएको छ । पाँच वर्षमा निर्माण गरिएको पुल गत चैत्रदेखि संचालनमा आएपनि गण्डकी प्रदेशका सांसद दोर्ण कुँवरले औपचारिक रुपमा पुलको उद्घाटन गरेका हुन् ।

७ करोड ६६ लाख रुपियाँ बजेटमा निर्माण गरिएको पचास मिटर लम्बाईको पुल संचालन आएपछि मध्यपहाडी लोकमार्ग र सालझण्डी ढोरपाटन सडकको कनेक्टिभिटीसहित राजकुत, प्युठान, गुल्मी जिल्लासहित निसीखोलाका नागरिकलाई आवातजावतसंगै उपभोग्य सामग्री ढुवानीमा सहज हुने सांसद दोर्ण कुँवरले बताए ।

२०७७ कात्तिकमा सडक डिभिजन कार्यालयले रायमाझी÷राजेश्वरी÷पिटीआर÷अधिकारी जेबीलाई पुल निर्माणको जिम्मा दिएको थियो । २०७९ फागुनमा काम सम्पन्न गर्नुपर्ने समयसिमा रहेपनि बजेट अभावमा तीन वर्ष ढिलागरी पुल निर्माण भएको हो । ‘‘पर्याप्त बजेट नहुँदा पुल समयमै सम्पन्न गर्न नसकिएको हो’’ सडक डिभिजन कार्यालय बागलुङका सूचना अधिकारी विष्णुप्रसाद लामिछानेले भने ।

बडिगाडकी अध्यक्ष गण्डकी थापा अधिकारीले पुल बनेपछि ग्रामीण क्षेत्रका नागरिकको यात्रा अब बाह्रैमास सहज बताउनुभयो । कालिरहमा बनेको पुलले ग्रामीण क्षेत्रका नागरिकलाई लोकमार्गसँग जोडेको थापाको भनाई छ । पुलबाट लोकमार्गको वैकल्पिक सडकमार्फत मालारानी, राजकुट, हर्पे, देविस्थनाहुँदै रोल्पा, रुकुम, जाजरकोट पुग्न सकिने छ ।

बडिगाडखोलामा पक्की पुल बनेपछि आवातजावतसंगै ग्रामिण क्षेत्रमा उत्पादन भएका कृषि फसल बजार पुर्याउन सहज हुने स्थानीय प्रेमबहादुर केसीले बताए । ‘‘गाउँमा उत्पादित तरकारी डोकोमा बोकेर बजार पु¥याउँदा धेरै दुःख थियो, पुल बनेपछि गाडीमा लोड गरेको तरकारी अब सिधै बजार पुग्ने दिन आयो’’ केसीले भने ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->