शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

‘बिकास भनेको सडकमात्रै होइन, समुदायको आत्मसम्मान् र अधिकारको सम्मान पनि हो’

‘बिकास भनेको सडकमात्रै होइन, समुदायको आत्मसम्मान् र अधिकारको सम्मान पनि हो’


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १२ २०८२, सोमबार

पोखरा / प्रदेश सभाका सांसदहरुले विभिन्न विषयमा प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् । प्रदेश सभाको आजको बैठकको शुन्य समयको उपयोग गर्दै उनीहरुले बिकास निर्माण, बजेट, योजना, कार्यक्रमलगायत समसामयिक विषयमा आफ्नो भनाई राखेका हुन् ।

कांग्रेस सांसद सुनीता थापाले गण्डकी प्राकृतिक स्रोतसाधन, सांस्कृतिक विधिवधता र पर्यटनको अपार संभावनाले भरिपूर्ण प्रदेश रहेको बताइन् । तर संभावनाले मात्र बिकास नहुने भन्दै उनले योजना, प्राथमिकता र प्रतिफलकको स्पष्ट मार्गचित्र आवस्यक पर्ने जनाइन् । ‘बिकास सडक मात्र होइन । बिकास भनेको सबै समुदायको आत्मसम्मान र अधिकारको सम्मान पनि हो’, उनले भनिन्, ‘अपांगता भएका व्यक्ति, आदिवासी जनजाति, दुर्गमका महिला र युवाको आवाज समावेश गर्नुपर्छ । नभए बिकास अपुरो हुन्छ । बजेट निर्माणमा स्थानीय तहको आवाज सुन्ने संस्कृति बसाल्नु पर्छ ।’ आजको युग दवाव र प्रभावको भरमा नभई आवस्यकताको पहिचानका आधारमा समावेशी सोंचका सथा बिकास हुनुपर्नेमा उनले जोड दिइन् । प्रदेशका कतिपय भुभागमा अभैm पनि आधारभूत सेवासुविधा, शिक्षा स्वास्थ्य पहुचयुक्त पूर्वाधारको अभाव रहेको भन्दै उनले नतीजामुखी योजना हुनुनपर्ने बताइन् । रो्जगारी बृद्धि उद्यमशिलता प्रवद्र्धन, वातावरणीय संवेदनशिलतालाई प्राथमिकता दिनेगरी, विशेष गरी दविएका बर्गको आवस्यकता पहिचान गरी लक्षित गरी कार्यक्रम ल्याउन उनले सुझाइन् । ‘नक्सामा मात्र होइन व्यहावरमा पनि समावेशी र दीगो र समुन्नत प्रदेश बनाउने हामी सबैको साझा उत्तरदायित्व हो’, उनले भनिन्, ‘बिकासको मापन बजेटको आकारले होइन, जनताको अनुहारमा देखिएको आत्मसन्तुष्टीले हुन्छ ।’
कांग्रेसकै सांसद टीकाकुमारी बस्यालले पिछाडिएको बर्ग, दलित समुदायको हरेक क्षेत्रमा अर्थपूर्ण सहभागिता सुनिश्चितताको माग गरिन् । अहिले सरकारको सिद्धान्त र प्राथमिकता, नीति तथा कार्यक्रम र बजेट निर्माणको प्रक्रियामा रहेको भन्दै उनले आर्थिक समृद्धि र समुन्नत प्रदेशबासीको सपना पुरा गर्न दलित समुदायका महिलाका लागि उद्यमशीलता, सीप बिकास, वित्तीय पहुँच र सामाजिक सुरक्षालाई आर्थिक नीतिको मुल प्रवाहमा ल्याउन आवस्यक रहेको बताइन् । साथै प्रदेश सरकारले दलित सशक्तिकरण तथा आयआर्जनका लागि छुटै कार्ययोजना, बजेट र नीति ल्याउनुपर्ने माग गरिन् ।

कांग्रेसकै डिल्लीराम सुवेदीले सरकारले गत वर्ष प्रदेशबाट ओलम्पिकका सहभागी खेलाडीलाई मासिक ५ हजार रुपैयाँ भत्ता दिने निर्णय गरेको, गत वर्ष पाए पनि यस वर्ष नपाएकाले ८ खेलाडीलाई उक्त भत्ता दिन आग्रह गरे । माओवादी केन्द्रकी दमयन्ती रुचालले प्रत्यक्ष निर्वाचित सांसदलाई दिइने भन्दा समानुपातिक सांसदलाई आधा बजेट दिने छलफल चलेको भन्दै आपत्ती जनाइन् । ‘सांसदहरु पहिलो र दोस्रो दर्जाको भनेर संविधानको कुन धारामा लेखिएको छ’, उनले भनिन्, ‘गणतन्त्रको सुविधा र स्वाद लिएर राजतन्त्रात्मक अभ्यास र व्यवहार गर्न पाइदैन ।’ उनले समाजमा रहेको बर्गीय, जातिय र लिंगिय विभेदको अन्त्यका लागि जीवन मरणको लडाई लडेर यो व्यवस्था ल्याएको भन्दै उनले ५१. ५ प्रतिशत महिला, ३५.ं५ प्रतिशत जनजाति, १३.ं८ प्रतिशत दलित र ५ प्रतिशत मुस्लिम र अल्पसंख्यकको प्रतिनिधित्व गर्ने समानुपातिक सासदमाथि प्रदेशसभाभित्रै विभेद गरेको बताईन । न्यायका लागि अदालत जाने भन्दै उनले यसको जवाफ मुख्यमन्त्रीले दिनुपर्ने बताइन् । एमालेकी देवका पहारी त्रिपाठीले पोखराको लेकसाइडको बाराहीघाटर गौरीघाट बिचको रत्नमन्दिर क्षेत्र गहिरो भएकाले पानीको निकास नहुँदा वर्षा हुनसाथ डुबान हुने बताइन । त्यसपछि व्यवसायीले सर्टर बन्द गरेर बस्नुपर्ने र बेलाबेलामा दुर्घटना पनि हुने भन्दै यसको सम्बोधन हुनुपर्ने माग गरिन् । एमालेकै निर्मला थापाले सबै पालिकामा महिला सशक्तिकरणका लागि महिलामैत्री नीति तथा कार्यक्रम र बजेटको व्यवस्था गर्नुपर्ने माग गरिन् ।

कांग्रेसका प्रकाश बरालले फेवातालमा आश्रित जलारी समुदायको माछा मार्ने पेशा धरापमा परेका भन्दै त्यसलाई व्यवस्थित गर्नुपर्ने बताए । उनले फिस्टेल गेटमा नेटको व्यवस्था गरी माछा मार्न सहज बनाउनुपर्ने बताए । एमालेका बेदबहादुर गुरुङले कास्कीको मादी नदीमा ६ वटा विद्युत आयोजनाबाट १११ मेगावाट विद्युत उत्पादन भएको बताए । आयोजनाबाट तीनै तहका सरकारलाई वार्षीक साढे ४ करोड रोयल्टी पाउने उनको भनाई थियो । तर विद्युत प्रसारण लाइन कमजोर भएकाले पटकपटक विद्युत अवरुद्ध हुने भन्दै यसको समाधान गर्नुपर्ने बताए । एमालेकै भक्तबहादुर कुँवरले कोरला नाकामा व्यवस्थित भन्सार, ओत लाग्ने ठाउँ, शौचालयजस्ता संरचना निर्माणका लागि बजेट छुट्टाउन अनुरोध गरे । कांग्रेसका महेश भटराईले प्रदेशको गौरवको आयोजना शालिग्राम कोरिडोर लोकमार्ग निर्माणका लागि ५ वर्ष अघि ठेक्का लागे पनि काम नभएको भन्दै छिटो काम सक्नेतर्फ ध्यान दिन प्रदेश सरकारको ध्यानाकर्षण गराए । एमालेका लिलबहादुर थापामगरले संघ र प्रदेश सरकारले बजेट ल्याउन लागेका बेला बजारमा उपभोग्य बस्तुको मुल्यबृद्धि हुन थालेको, पछि मूल्य बढ्छ भनेर स्टक राखेर कृत्रिम अभाव सिर्जना गर्न लागिएको भन्दै यसको अनुगमन हुनुपर्ने बताए । राप्रपाकी बिन्दु पौडेलले कतिपय मन्दिरमा उठ्ने भेटीको व्यवस्थापन हुनुपर्ने बताइन । एमालेकी सीताकुमारी सुन्दासले प्रदेशभित्र खाद्यान्न, तरकारी, फलफुलमा अत्याधिक विषादी रहेको भन्दै आँवुखैरेनी र मालुंगााको नियमन संयन्त्रलाई जनशक्ति र मेशिन उपलब्ध गराउनुपर्ने बताइन । एमालेकै श्यामराजा महतले तनहुँको व्यास ६ मादी खोलामा गत वर्ष परेको ७ करोड पछि क्यान्सिल भएको भन्दै यसपटक उक्त बजेट दिन माग गरे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->