बागलुङ/साताव्यापी कार्यक्रमको तय गरेको नेपाल प्रेस युनियन बागलुङले ३४ औं स्थापना दिवशको पहिलो दिन धौलागिरि अस्पतालका बिरामीलाई फलफूल बितरण गरेको छ ।
सोमबार बिहान आयोजित कार्यक्रममा युनियनका अध्यक्ष संगम घर्ती, केन्द्रीय सदस्य प्रदिप पन्त, नेपाल पत्रकार महासंघी उपाध्यक्ष सिर्जना पन्तसहितका पत्रकारले अस्पतालका बिरामीलाई फलफूल बितरण गरेका थिए ।
युनियनले मंगलवार साँझ दिप प्रज्वलन गर्ने, बुधवार मैत्रीपूर्ण फुटसल लगायतको कार्यक्रम तय गरिसकेको अध्यक्ष संगम घर्तीमगरलेजानकारी दिए । केन्द्रीय सर्कुलर अनुसारका कार्यक्रम तय गर्दै युनियनले अग्रज पत्रकार संवाद भन्ने कार्यक्रमपनि तय गरेको छ । त्यस बाहेकका नविनतम कार्यक्रम पनि सप्ताहमा जोड्ने बताइएको छ । जेठ १३ गते स्थापना दिवश भएकाले १२ गतेदेखि कार्यक्रम शुरु हुनेछन् ।
युनियनका अध्यक्ष संगम घर्तीमगरको अध्यक्षता सचिव डम्मर बुढामगरको संचालन र उपाध्यक्ष सुवास आचार्यको स्वागतमा सम्पन्न कार्यक्रममा प्रेस युनियनका केन्द्रीय सदस्य प्रदिप पन्त, अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. किरण तिवारी र नेपाल पत्रकार महासंघकी उपाध्यक्ष सिर्जना पन्तले शुभकामना मन्तव्य पनि राखेका थिए ।





