शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

युवा संघ महाधिवेशनः २४ घण्टापछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन

युवा संघ महाधिवेशनः २४ घण्टापछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन


  • बिजय नेपाली
  • जेष्ठ १२ २०८२, सोमबार

पोखरा / राष्ट्रिय युवा संघ नेपालको नेतृत्वका लागि हालका अध्यक्ष क्षितिज थेबे र महासचिव सुमन पुरीबिच प्रतिस्पर्धा हुने निश्चित भएको छ। पोखरामा जारी १०औं महाधिवेशनमा निर्वाचन कमिटीले सार्वजनिक गरेको अन्तिम उम्मेदवार नामावलीअनुसार अध्यक्षमा थेवे र पुरी भिड्ने पक्का भएको हो ।
दुवै अध्यक्ष प्यानलसहित चुनावी मैदानमा उत्रिएका छन् । थेवे प्यानलबाट उपाध्यक्षमा महाराज गुरुङ र विनय शाहले उम्मेदवारी दिएका छन् । पुरी प्यानलबाट प्रकाश गौतम र पर्वत भण्डारी उपाध्यक्षको उम्मेदवार बनेका छन् ।
महासचिवमा थेवे प्यानलबाट महेश चौलागाईं र पुरी प्यानलबाट कुबेर अधिकारीले उम्मेदवारी दिएका छन् । शुक्रबारदेखि पोखरामा जारी महाधिवेशनको मतदान भोलि बिहान ८ बजेबाट सुरु गर्ने निर्वाचन कमिटीको तयारी छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले हालका अध्यक्ष थेवेलाई अध्यक्ष बनाउन निर्देशन दिएपनि सुमनले अडान नछोडेपछी चुनाव हुन लागेको हो । पार्टी नेताहरुले उम्मेदवारी दर्ता अघिदेखि नै थेबेको नाममा सहमती गराउन खोजेपनि पुरीले आफुलाई यसभन्दा अगाडिको महाधिवेशनमा नेतृत्वले नै अर्काेपटकलाई अध्यक्ष भन्दै आश्वासन दिएको भन्दै नछाडेपछि मतदानको अवस्था आएको हो । उम्मेदवारी मनोनय भएको २४ घण्टापछि मात्रै अन्तिम नामावली प्रकाशन भएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->