पोखरा/ राष्ट्रिय युवा संघमा नेतृत्व चयनका लागि निर्वाचन हुने भएपछि नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार पार्टीका नेताहरुमार्फत सकेसम्म सर्वसम्मत नेतृत्व चयन गर्न र सहमति नहुँदा दुवै उम्मेदवार आफ्नो लागि समान भएका सन्देश पठाएका छन् ।
ओलीको सन्देश सुनाउँदै एमालेका एक नेताले भने, ‘मैले नेताहरुलाई युवा संघको नेतृत्व चयन गर्न भनेको हुँ । सहमति नहुँदा एउटा उम्मेदवार पार्टीको र अर्को नहुने भन्ने हुँदैन । दुवै युवा संघकै हुन्, मेरा कार्यकर्ता हुन् । जसले जिते पनि अध्यक्ष स्वीकार्य छन् ।’
निर्वाचनबाट श्रेष्टता प्राप्त गर्ने व्यक्ति नै अध्यक्ष हुने बताउदै अध्यक्ष ओलीले निर्वाचनबाट पराजित हुनेलाई पार्टीमा उचित व्यवस्थापन गर्ने प्रतिवद्धता सहितको सन्देश नेताहरु मार्फत कार्यकर्तामा पठाएका हुन् । महाधिवेशनमा क्षितिज थेबे ओलीको उम्मेदवार भनेर प्रचार भएपछि अध्यक्ष ओलीले आफ्नो लागि दुवै उम्मेदवार बराबर भएको सन्देश पठाएका हुन् । अध्यक्ष पदका लागि निवर्तमान अध्यक्ष क्षितिज थेबे र महासचिव सुमन पुरीले प्यानलगत रुपमा उम्मेदवारी दिएका छन् । अब उनीहरुको विचमा मित्रवत प्रतिस्पर्धा हुने भएको छ ।
संघको १०औं महाधिवेशनमा लेखा आयोगका उपाध्यक्ष र सचिवसहित ६४ जना सदस्य निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन कमिटीले सार्वजनिक गरेको उम्मेदवारको अन्तिम नामावलीअनुसार लेखा आयोगको उपाध्यक्षमा अमित कार्की र सचिवमा लोकेश पाल निर्विरोध निर्वाचित भएका हुन् । अध्यक्षसहित ९३ पदका लागि भोलि बिहानदेखि मतदान हुँदैछ ।
यी हुन् निर्विरोध निर्वाचित हुने केन्द्रीय सदस्यहरु:
महिला सदस्य: युवान्तिका राई र कला राई
भुगोलतर्फका केन्द्रीय सदस्यहरु:
ताप्लेजुङ- मनोज लिम्बू
पाँचथर- गणेश योङहाङ
इलाम- नागेन्द्र श्रेष्ठ
झापा- खगेन्द्र राज आन्देम्बे
सुनसरी- दिवस राई
उदयपुर- तुल्सीराम चौलागाईं
ओखलढुंगा- बिनोद खत्री
सोलुखुम्बु- राजु खड्का
कोशी प्रदेश (महिला) सुमना लिवाङ, अनुपमा राई, कान्ता भट्टराई, बिपना बुढाथोकी, रमिला नेपाल, सोफिया लिम्बू, सुम्निमा खातुन
सर्लाही- जिवेश प्रशाई
धनुषा- अनसी राईन मिया
सिराहा सुमित श्रेष्ठ
सप्तरी-सञ्जय कुमार यादव
पर्सा- रवि गुप्ता
मधेश प्रदेश (महिला) अनितादेवी शाह, प्रगती थापा, भावना आचार्य, शर्मिला केसी र सुमित्रा तिमिल्सिना ।
भक्तपुर- रविन थापा क्षेत्री
ललितपुर- सुजित बस्नेत
रसुवा- सुरज गुरुङ
दोलखा- सुजन श्रेष्ठ
चितवन- शंकर अधिकारी
गोरखा- प्रविण अधिकारी
पर्वत- विक्रम श्रेष्ठ
म्याग्दी- शिशिर शाही
मनाङ- मदन गुरुङ
मुस्ताङ- केसाङ ठोक्या ठकुरी
नवलपुर- बिराजन थापा
रुकुम पुर्व- हेमराज केसी
प्यूठान- पिमबहादुर पुन
नवलपरासी- विश्वबन्धु पोखरेल
दाङ- फुर्पा लामा
बर्दिया- रमेश रावल
लुम्बिनी प्रदेश (महिला) कल्पना पाण्डे मगर, पुर्णिमा बुढाथोकी, मिनाकुमारी बिसी, पुजा थारु, श्रद्धा कुवर क्षेत्री, लक्ष्मी बुढा
डोल्पा- पाण्डप महतरा
मुगु- जनकराज राउत
रुकुम पश्चिम- गंगाराम रोकाय
कर्णाली प्रदेश (महिला) इन्द्राकुमारी कार्की, रितु गुरुङ र सविना रावत
बाजुरा- मिलन ऐडी
बझाङ- संसारबहादुर खड्का
कंचनपुर-राहित कुवर
डडेल्धुरा- भरत मल्ल
दार्चुला-कोमलराज विष्ट
अन्तरजिल्ला विशेष प्रदेश (महिला) सोनु बराल र विन्दु शर्मा





