शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

युवा संघ महाधिवेशनः फर्जी मतदातालाई पक्राउ गरेपछि मतदान जारी

युवा संघ महाधिवेशनः फर्जी मतदातालाई पक्राउ गरेपछि मतदान जारी

मतदानस्थलबाट चार वटा फर्जी परिचय पत्रसमेत बरामद


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १३ २०८२, मंगलबार

पोखरा / पोखरामा जारी एमाले निकट राष्ट्रिय युवा संघको चुनावमा फर्जी मतदाता भेटिएपछि केहीबेर तनाव उत्पन्न भएको छ। मतदाता नामावलीमा नाम भए पनि अर्कैले भोट हालेको र नक्कली प्रतिनिधि फेला परेको भन्दै अध्यक्षका उम्मेदवार सुमन पुरी पक्षले विरोध जनाएपछि तनाव सिर्जना भएको हो।
पुरीको उजुरीपछि प्रहरीले मतदानस्थलबाट एक जना फर्जी मतदातालाई प्रहरीले पक्राउ गरेको छ। सो व्यक्तिले अर्कै मतदाताको नामको नक्कली परिचयपत्र बनाएर मतदान गर्न खोजेपछि पुरी पक्षले मतदान स्थलमा नाराबाजी गरेका थिए। प्रहरीले ती व्यक्तिलाई नियन्त्रणमा लिएपछि स्थिति सामान्य भएको थियो। मतदानस्थलबाट चार वटा फर्जी परिचयपत्रसमेत बरामद गरिएको अध्यक्षका उम्मेदवार पुरीले बताए। युवा संघको १० औं महाधिवेशनमा क्षितिज थेबे र सुमन पुरी प्यानलबीच प्रतिस्पर्धा जारी छ। मंगलबार बिहानदेखि सुरु भएको मतदान हालसम्म चलिरहेको छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->