शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

युवा संघको अध्यक्षमा क्षितिज थेबे निर्वाचित

युवा संघको अध्यक्षमा क्षितिज थेबे निर्वाचित

थेबेले ७९६ ल्याउँदा उनका निकटतम् प्रतिद्वन्द्वी सुमन पुरीले ६०८ मत पाए ।


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १३ २०८२, मंगलबार

पोखरा / एमाले निकट राष्ट्रिय युवा संघको अध्यक्षमा क्षितिज थेबे बिजयी भएका छन् । पोखरा सभागृहमा मंगलबार भएको मतदानबाट सुमन पुरीलाई हराउँदै थेबे दोस्रो कार्यकालका लागि अध्यक्षमा बिजयी भएका हुन् । भर्खरै प्राप्त मत परिणाम अनुसार थेवे १८८ मतान्तरले विजयी भएका हुन् । थेबेले ७९६ ल्याउँदा उनका निकटतम् प्रतिद्वन्द्वी सुमन पुरीले ६०८ मत ल्याएका छन् । महाधिवेशनबाट क्षितिज थेबेको प्यानलै विजयी भएको छ ।

१ हजार ७६४ मतदाता प्रतिनिधि रहेकोमा १ हजार ४०४ मत खसेको थियो । क्षितिजकै नेतृत्वमा सर्वसम्मत गर्न नेताहरूले कसरत गरेको भए पनि सुमनले अस्वीकार गरेर मतदान मार्फत नै नेतृत्व चुनिनुपर्ने अडान लिएपछि चुनावी प्रक्रिया अगाडि बढाइएको थियो । पदाधिकारी ९ जना सहित १५१ जनाको केन्द्रीय समिति, ४ वटा विभागमा अध्यक्ष, उपाध्यक्ष र सचिव गरेर १६३ पदमा निर्वाचित भएका छन् । १६३ जना निर्वाचित गर्नुपर्नेमा ६४ पदमा निर्विरोध निर्वाचित भएका थिए ।
महासचिवमा थेबे प्यानलका महेश चौलागाईंले ७ सय ५५ मत ल्याउँदा पुरी प्यानलका कुबेर अधिकारीले ६ सय ४९ मत प्राप्त गरे । थेबे प्यानलबाट उपाध्यक्षमा महाराज गुरुङ र विनय शाह, महासचिवमा महेश चौलागाईं, उपमहासचिवमा उपेन्द्र शाही, सचिवमा मदन भण्डारी र पुरी प्यानलका अरुण कुँवर, महिला सचिवमा निशा लिम्बु सुब्बा, मधेसी सचिवमा मोबिन अख्तर आलम विजयी भएका छन् । अनुशासन आयोग अध्यक्षमा महमद निजामुदिन (निजाम), निर्वाचन आयोग अध्यक्षमा मदन गिरी, लेखा आयोग अध्यक्षमा कृष्णदत्त जैसी, युवा विज्ञ परिषद्मा चीन लामा निर्वाचित भएका छन् ।
पुरी प्यानलबाट उपाध्यक्षमा प्रकाश गौतम र पर्वत भण्डारी, महासचिवमा कुबेर अधिकारी, उपमहासचिवमा खेमराज शर्मा, सचिव खुलामा अरुण कुँवर र ध्रुव खड्का, महिला सचिवमा रेशु तामाङ, मधेसी सचिवमा चितरञ्जन यादव उम्मेदवार थिए । अनुशासन आयोग अध्यक्षमा अजयजंग शाही, निर्वाचन आयोग अध्यक्षमा शिव रिमाल, लेखा आयोग अध्यक्षमा विक्रम गुरुङ, युवा विज्ञ आयोग अध्यक्षमा मोदनाथ सिलवाल (सन्तोष)ले पुरी प्यानलबाट उम्मेदवारी दिएका थिए । अधिवेशनको उद्घाटन गत शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए ।
कुन प्रदेशमा कसले कति मत पाए  ?
१.सुदूरपश्चिम प्रदेश
सुमन पुरी -६४
क्षितिज थेवे -५२
२. कर्णाली प्रदेश
सुमन पुरी -५४
क्षितिज थेवे -५१
३. गण्डकी प्रदेश
सुमन पुरी -३९
क्षितिज थेवे -८४
४. विशेष प्रदेश
सुमन पुरी -३५
क्षितिज थेवे -३४
५. लुम्बिनी प्रदेश
सुमन पुरी -७९
क्षितिज थेवे -५२
६. आयोजक
सुमन पुरी -१७६
क्षितिज थेवे -२३४
७. कोशी प्रदेश
सुमन पुरी -३१
क्षितिज थेवे -१५४
८. मधेश प्रदेश
सुमन पुरी -६२
क्षितिज थेवे -३९
९. बागमती प्रदेश
सुमन पुरी -६८
क्षितिज थेवे -९६
जम्मा मत :
सुमन पुरी -६०८
क्षितिज थेवे -७९६

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->