पोखरा/नेकपा एमाले गण्डकीले युवा संघ नेपालको दशौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यलाई बुधबार सम्मान गरेको छ ।
एमाले गण्डकी प्रदेशका अध्यक्ष नवराज शर्माले देशमा आशा, विश्वास र संभावनाका स्रोत युवा भएको हुँदा नयाँ कार्यसमितिले प्रतिष्पर्धी सबैको भावनाअनुरूप कार्ययोजनासहित काम गर्न आग्रह गरे । उनले देश र पार्टी निर्माणका लागि सशक्त युवा चाहिने हुँदा युवाहरूमा आशाको संचार हुने गरी काम गर्नुपर्नेमा जोड दिए ।
नवनिर्वाचित अध्यक्ष क्षितिज थेबेले पार्टीको कार्यदिशाअनुसार सुखी नेपाली, समृद्ध नेपाल निर्माणको अभिभारा पूरा गर्न लागि पर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
नवनिर्बाचित समितिलाई पार्टीका प्रदेश कमिटी अध्यक्ष नवराज शर्मा, सल्लाहकार परिषद अध्यक्ष मोहन रेग्मी, उपाध्यक्ष मीन प्रसाद गुरुङ, सचिव धनन्जय दवाडी, उपसचिव दाम बहादुर बिकले सम्मान गरेको कार्यालय सचिव आर के पोख्रेलले जानकारी दिए ।





