बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

सुकल्प कास्कीको पाँचौ साधारण सभा

सुकल्प कास्कीको पाँचौ साधारण सभा


  • ढाेरपाटन संवाददाता
  • जेष्ठ १५ २०८२, बिहिबार

पोखरा/  सुबेदी कल्याण प्रतिष्ठान (सुकल्प) कास्कीको जिल्ला समितिको पाँचौ साधारण विहीबार पोखरामा सम्पन्न भयो । साधारण सभाले कार्यसमितिको सांगठनिक र आर्थिक प्रतिवेदन पारित गर्यो ।

साधारण सभाको उद्घाटन गर्दै सुकल्प केन्द्रीय कुलाधिपति देवीप्रसाद सुवेदीले संसारभर छरिएर रहेका सुवेदी बन्धुहरुलाई एकै ठाउँमा उभ्याउन सुकल्प गठन गरिएको र उद्देश्य अनुसार अघि बढिरहेको बताए । नेपालमा सबै भन्दा बढी सुवेदी कास्कीमा रहेको र गतिविधि पनि कास्कीमै बढी हुने गरेको उनको भनाइ थियो । उनले सुबेदीहरुको एकता सधै चीरस्थायी भइरहनु पर्ने बताए । साथै डिजीट वंशावली तयार पारिएकाले सबैको साथसहयोगको उनले अपेक्षा गरे ।

सभाको अध्यक्षता गरेका सुकल्प कास्कीका अध्यक्ष डा.अनिल सुवेदीले एक वर्षको अवधिमा भए गरेका गतिविधि, भावी कार्यक्रमलगायतका विषयमा प्रष्ट पारेका थिए । कोषाध्यक्ष भीमप्रसाद सुवेदीले आर्थिक प्रतिवेदन पेश गरेका थिए । कार्यक्रममा गत वर्ष एसईई परीक्षामा सामुदायिक विद्यालयबाट सर्बोत्कृष्ट अंक ल्याउने सरस्वती टीका माविका प्रतिक सुवेदीलाई सम्मान गरिएको थियो । सुकल्प कास्कीका पूर्वसचिव पशुपति सुवेदीले आफ्ना बाबुआमा खडानन्द, पूर्णकला स्मृति पुरस्कारको स्थापना गरेर वर्षेनी २ जना (छात्र र छात्रा) लाई पुरस्कारको व्यवस्था गर्दै आएका छन् । गतवर्षको एसईईमा छात्रातर्फ अमरसिंह माविकी समृद्धि सुवेदी यसअघिनै पुरस्कृत भइसकेकी छन् । पुरस्कारको राशी जनही ५ हजार रुपैयाँ छ । पुरस्कार दाता पशुपति सुवेदीलाई पनि उक्त अवसरमा सम्मान गरिएको थियो ।

साधारण सभामा सम्मानित व्यक्तित्व पशुपति सुवेदी, सुकल्प केन्द्रीय सदस्य ओम सुवेदी, प्रदेश उपाध्यक्ष देवी सुवेदी, केन्द्रीय सल्लाहकार चक्रपाणी सुवेदी, सदाशिव सुवेदी समाजका सचिव शिवप्रसाद सुवेदी, सिम्पाली इकाई अध्यक्ष बैकुण्ठ सुवेदीले शुभकामना मन्तव्य राखेका थिए । सुकल्प कास्कीका उपाध्यक्ष मनहरी सुवेदीले स्वागत गरेको कार्यक्रम सचिव महेन्द्र सुवेदीले संचालन गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->