सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

‘नागरिकलाई सुशासन दिने गणतन्त्र बन्नुपर्छ’

‘नागरिकलाई सुशासन दिने गणतन्त्र बन्नुपर्छ’


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १५ २०८२, बिहिबार

बागलुङ/गणतन्त्र दिवश बागलुङमा विभिन्न कार्यक्रम गरेर मनाइएको छ । बिहिवार बिहान गणतन्त्र दिवश मुल समारोह समितिको अगुवाईमा प्रभातफेरी गरियो । उक्त अबसरमा राजनीतिक दल, सामाजिक संस्था, कर्मचारी, स्थानीय बासिनदा समेतले बाजागाजा, गीत संगीत सहितको प्रदर्शशन गरेका हुन् ।

अघिल्लो दिन बुधबार आधादर्जन कार्यक्रम गरेको समितिले बिहिवार मुल समारोह गरेको हो । उक्त अबसरमा जिल्ला समन्वय समितिका प्रमुख अमरबहादुर थापाले गणतन्त्र आम नागरिकको जीवनमा आउनुपर्ने बताए । उनले हरेक नागरिकले स्वतन्त्रपुर्वक बाँच्ने र जिविकोपार्जन गर्न पाउने बन्नुपर्ने धारणा राखे ।

कार्यक्रममा संविधानसभाका सदस्य प्रकाश शर्मा पौडेलले नागरिकको जनजीविकामा सुधार ल्याउने, हरेक नागरिकले सुशासनको प्रत्याभूति पाउने तथा समृद्द नेपालको परिकल्पनाका साथ गणतन्त्र घोषणा र संविधान लेखन भएको बताए । तर पछिल्लो समय संविधान लेखन गरेका दलहरुकै गतिविधि जनताको सोच बाहिर पुगेको भन्दै निरासा अन्त्य गर्ने कार्यक्रम चाहिएको बताए ।

अर्का सदस्य चम्पादेवी खड्का, गण्डकी प्रदेश सदस्य दिपेन्द्रबहादुर थापा, एमाले जिल्ला अध्यक्ष हिरा बहादुर केसी, अन्तरपार्टी महिला संजालकी अध्यक्ष सीतादेवी सापकोटा कंडेल लगायतले शुभकामना मन्तव्य राखे । जिल्ला समन्वय समितिका प्रमुख अमरबहादुर थापाको अध्यक्षता, सूचना अधिकारी दुर्गाप्रसाद शर्माको संचालन र प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङको स्वागतमा सम्पन्न कार्यक्रममा रक्तदान कार्यक्रमका सहभागिलाई पुरस्कार बितरण समेत गरिएको थियो ।

दिवशकै अबसरमा मानवअधिकार तथा शान्ति समाज बागलुङ र बागलुङ उद्योग बाणिज्य संघको चियापान, सार्थक प्रकाशनको आयोजनामा ऐतिहासिक पार्कमा रचना बाचन कार्यक्रम तथा मुल समारोह समितिकै आयोजनामा सोही पार्कमा दिप प्रज्वलन तथा चियापान कार्यक्रम पनि गरिएको थियो । मुल समारोह समितिले तीन दिन सम्म विभिन्न कार्यक्रम गरेर दिवश मनाएको हो । शुक्रवार राजनीतिक दलहरुको अगुवाईमा गणतन्त्रको सार्थकता लगायतको बिषयमा वृहत अन्तरसम्बाद कार्यक्रम समेत राखिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->