शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

न्याय निरुपणमा मेलमिलापकर्ता महत्वपूर्ण : प्रदेश प्रमुख

न्याय निरुपणमा मेलमिलापकर्ता महत्वपूर्ण : प्रदेश प्रमुख


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १८ २०८२, आइतबार

पोखरा/गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले स्थानीयस्तरमा न्यायिक निरूपणमा मेलमिलापकर्ताको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।

पोखरा महानगरपालिका, न्यायिक समितिको आयोजना तथा सामुदायिक मेलमिलापकर्ता समाज नेपालको समन्वयमा सञ्चालित ‘मेलमिलाप सम्बन्धी तालिम समापन समारोहमा बोल्दै भट्टले सामुदायिक मेलमिलाप सम्बन्धी असल अभ्यासका पक्षलाई राम्रोसँग ग्रहण गर्न सक्नुपर्नेमा पनि जोड दिए ।

‘स्थानीयस्तरमा हुनेगरेका विवादको न्यायिक निरूपण गर्न र मेलमिलाप मध्यस्थताको लागि मेलमिलापकर्तालाई यो तालिम महत्वपूर्ण र आवश्यक पनि हो,’ उनले भने ‘सूचीकृत मेलमिलापकर्ताले न्यायिक प्रक्रियामा सहभागी भई गरेको योगदानको म प्रशंसा गर्दछु ।मेलमिलाप विवाद समाधानको वैकल्पिक विभिन्न उपायमध्ये सर्वोत्तम उपाय हो ।’
।’

पोखरा महानगरपालिकाले घरेलु हिंसामा परेका महिलाहरुको लागि उपप्रमुखको प्रत्यक्ष निगरानीमा महिला कानूनी परामर्श तथा सहायता कक्ष सञ्चालन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->