सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

बडिगाडका प्रेम विश्वकर्मा ‘गण्डकी लोकतारा’

बडिगाडका प्रेम विश्वकर्मा ‘गण्डकी लोकतारा’


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १८ २०८२, आइतबार

बागलुङ/राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठान बागलुङको आयोजनामा शनिबार बागलुङ बजारमा प्रथम गण्डकी लोकतारा प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा बडिगाड गाउँपालिका ९ का प्रेम विश्वकर्मा प्रथम भएका छन् । जैमिनी नगरपालिका १० की ललिता घर्ती द्वितिय र काठेखोलाकी प्रतिमा कुँवर बैकल्पिक भएका छन् ।

प्रतियोगितामा १३ प्रतिस्पर्धीले भाग लिएका थिए । लोकगीत संगीतमार्फत जिल्लालाई प्रदेश र देशभर चिनाउने लक्ष्यले प्रतिष्ठानले प्रतियोगिता आयोजना गरेको थियो । ‘हाम्रो अभियान, लोकसंस्कृतिको संरक्षण, स्रष्टाको सम्मान, नवप्रतिभाको प्रोत्साहन’ भन्ने नाराका साथ प्रतियोगिता भएको थियो ।

प्रतियोगिताको उद्घाटन गर्दै बागलुङ नगरपालिका वडा नंं २ का अध्यक्ष सुरज बोसेलले गीत संगीतले पनि मानिसलाई चिनारी गर्न सकिने, पहिचान बढाउन सक्ने र राष्ट्रकालागि काम गर्न सक्ने बताए । उनले बाबुआमाले छोराछोरीलाई डाक्टर र इन्जिनियर बनाउने सपना देख्नेमात्र गरेको भन्दै सफल कलाकार र खेलाडीले देशको नाम राख्न सक्ने बताए । राज्यले कलाकारिता गरेर पनि खान सक्ने वातावरण सिर्जना गरेमा युवाहरुको क्षमता कलाकारितामा पनि फस्टाउने बताए ।

कार्यक्रममा निर्णायक तथा कलाकार तारानाथ आचार्यले क्षमता भनेको अबसर पछि मात्र पाउने भन्दै अबसरकालागि राज्यका निकायले पनि साथ दिनुपर्ने बताए । प्रतियोगितामा आचार्य सहित कलाकार इश्वर सिंह र रेणु केसी निर्णयक थिए । राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठान, बागलुङका अध्यक्ष सरस्वती खड्का परियारको अध्यक्षता, उपाध्यक्ष जमुना श्रीसको स्वागत र सचिव सुमन खड्काको संचालनमा सम्पन्न कार्यक्रममा कलाकार लक्ष्मण श्रीले पनि शुभकामना मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->