पोखरा/त्रिवेणी इन्टरनेशनल कलेज पोखरा २७ का पूर्वविद्यार्थीहरुको संस्था त्रिवेणी इन्टरनेशनल कलेज एलुम्नाइ एसोसियशनको अध्यक्षमा असिम पाण्डे निर्वाचित भएका छन् ।
एशोसियशनको शनिवार सम्पन्न तेश्रो साधारण सभा एवं दोश्रो अधिवेशनले पाण्डेको नेतृत्वमा ९ सदस्यीय कार्यसमितिको चयन गरेको हो ।
समितिको उपाध्यक्षमा सर्बेन्द्र न्यौपाने, सचिव सृजना अधिकारी, सहसचिव सुजन आचार्य र कोषाध्यक्षमा पबिन गौतम निर्वाचित भएका छन् । यसै गरी समितिको सदस्यमा सचिन रानाभाट ‘बलराम’, श्रृष्टि तिवारी, सलिना घिमिरे र सिम्रन रेग्मी निर्वाचित भएका छन् ।
यसअघि अधिवेशनको उद्घाटन गर्दै त्रिवेणी इन्टरनेशनल कलेजका संचालक समितिका अध्यक्ष सुमन भट्टराईले कलेजमा अध्ययनरत विद्यार्थीलाई पारिश्रमिक सहितको इन्र्टनको सुविधा दिनुपर्नेमा जोड दिए ।
कलेजका पूर्वअध्यक्ष बाबुराम गिरीले पूर्व बिद्यार्थी मंच कलेजको एक अभिन्न अंग भएको उल्लेख गर्दै, शैक्षिक उन्नयनमा महत्वपूर्ण भूमिका रहेको बताए ।
कार्यक्रममा कलेजका क्याम्पस प्रमुख यदुराज आचार्य, संचारकर्मी नवराज सापकोटा, बिद्यार्थी कल्याणकारी समितिका अध्यक्ष सुदिन भट्टराईलगायतले शुभकामना व्यक्त गरेका थिए ।
यसैबीच त्रिवेणी इन्टरनेशनल कलेज एलुम्नाई एशोसियसनका अध्यक्ष रामकृष्ण लामिछानेले अध्यक्षको प्रतिबेदन तथा कोषाध्यक्ष सृजना अधिकारीले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए भने कार्यक्रम संचालन सचिव असिम पाण्डेले गरेका थिए ।





