
पोखरा/नेपाल पात्रकार महासंघ कास्कीको आयोजना तथा पोखरा महानगरपालिकाको सहयोगमा पत्रकारका लागि फोटो तथा मोबाइल पत्रकारिता तालिम सुरु भएको छ ।
तालिमको उद्घाटन गर्दै महासंघ कास्कीका संस्थापक अध्यक्ष उमाकान्त शर्माले प्रविधिको विकाससंगै पत्रकारिता वृहत बन्दै गएको बताए । क्षमता अभिवृद्घि तालिमले पत्रकारलाई यस क्षेत्रमा टिकिरहन मदत गर्ने बताए ।
पोखरा महानगरपालिकाका सूचना अधिकारी कृष्णप्रसाद तिवारीले तालिमबाट प्राप्त ज्ञान र सीपलाई आफ्नो काम र व्यवाहारमा लागू गर्नुपर्ने बताए ।
फोटो पत्रकार संघ कास्कीका अध्यक्ष राम गुरुङले शब्दले व्यक्त गर्न नसक्ने सन्देश एउटा फोटोबाट प्रवाह गर्न सकिने बताउँदै हरेक पत्रकारमा फोटो पत्रकारिताबारे ज्ञान हुनुपर्ने बताए ।
तालिमको पहिलो दिन सहजिकरण गर्दै वरिष्ठ फोटो पत्रकार एवंम संरक्षणकर्मी कृष्णमणि बरालले फोटो पत्रकारिताको आचारसहिता सहित फोटो पत्रकारिता गर्दा आफूले भोगेका चुनौतीका बारेमा अनुभव सुनाए ।
दिस्रो र तेस्रो दिन वरिष्ठ फोटो पत्रकार एवं मोबाइल पत्रकारिता विशेषज्ञ विकास कार्कीले प्रशिक्षण गर्ने छन् ।
नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधब बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वातग महासंघका उपाध्यक्ष एवम प्रशिक्षण विभाग प्रमुख माधव रेग्मी र संचालन सह सचिव मधु अधिकारीले गरेका थिए ।
तीन दिनसम्म संचालन हुने तालिममा विभिन्न संचारमाध्यममा आवद्घ ७० जना पत्रकार एवम संचारकर्मीको सहभागिता छ ।





