पोखरा/ गण्डकी प्रदेश सरकारले प्रदेशभित्रका ९ वटा धार्मिक क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृतका लागि आवस्यक पहल गर्ने भएको छ । आगमी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रममा यो कुरा समेटिएको छ ।
प्रदेश सरकारको नीति तथा कार्यक्रममा गोरखा दरबार, लिगलिगेकोट, मनकामना मन्दिर, लमजुङ दरबार, विन्ध्यावासिनी मन्दिर, मुस्ताङको लोमान्थाङ दरबार, मुक्तिनाथ मन्दिर, बागलुङ कालिका र पुरकोट कालीकालाई विश्वसम्पदा सूचीमा राख्न सिफारिस गर्ने उल्लेख गरिएको छ । प्रदेश प्रमुख डिल्लीराज भट्टले आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम पढ्दै धार्मिक क्षेत्रलाई पर्यटकीय राजधानीसँग जोड्दै विश्व सम्पदा सूचीमा राख्न पहल गर्ने बताए ।





