पोखरा/गण्डकी प्रदेश सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै नमूना संकलन केन्द्रलाई विस्तार गर्ने भएको छ । बुधवार प्रस्तुत नीति तथा कार्यक्रममा १० वर्ष मुनिका बालबालिका र ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई निशुल्क बहिरंग तथा प्रयोगशाला सेवाका साथै सामाजिक सुरक्षा कार्यक्रमलाई निरन्तरता दिने भएको छ । ‘प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाको सुदृढीकरण साथै पहुँच अभिवृद्धि गर्न नमुना संकलन केन्द्य्रलाई विस्तार गरी सेवालाई सहज र सुलभ बनाइने भएको छ ।
स्वास्थ्यका नयाँ कार्यक्रम यि हुन्ः
–प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाको नमुना संकलन केन्द्र स्थापना
–प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाको प्रोसेसिङ्ग युनिट प्रादेशिक क्षयरोग नियन्त्रण केन्द्रमा स्थापना
–प्रदेशस्तरीय सुरक्षित मातृत्व मार्गचित्र तयार गर्ने
–अस्पतालमा स्पेशल न्यूवर्न केयर यूनिट सेवा (एसएनसीयु) विस्तार
–जन्मजात (कन्जेन्टिएल) रोगहरुको पहिचान गर्न नवशिशु स्क्रिनिङ कार्यक्रम
–बालबालिकामा वाथ, मुटुरोगको स्क्रिनिङ
–विभिन्न आश्रमहरुमा रहेका आश्रितहरुको निशुल्क चेकजाँच
–आंगिक क्याम्पसहरुमा हेल्थ डेस्क राखिने
–अस्पतालहरुको स्तरोन्नती
–आँखाको निशुल्क शल्यक्रिया शिविर सञ्चालन
–इमर्जेन्सी ट्रमा केयर युनिट (नयाँ – बुर्तिवाङ, स्याङ्जा र तनहुँ । सुदृढिकरण धौलागिरी र मध्यविन्दु)
–एभी फिस्टुला निशुल्क सेवा (हेमो डायलायसिसका लागि (प्रादेशिक जनरल तथा सरुवा रोग अस्पतालमा)
–बौद्धिक एवम् अटिजम सम्बन्धी अपाङ्गता भएका बालबालिकाको उपचारका लागि
उपचार केन्द्र स्थापना
–कृत्रिम हातखुट्टा परियोजना सञ्चालन (मध्यविन्दु अस्पताल)
–निःसन्तान उपचार केन्द्र स्थापना तथा सञ्चालन (मातृशिशु अस्पताल)
–स्थानीय तहका स्वास्थ्य समस्याहरुको पहिचान तथा सम्बोधनका लागि विशेष कार्यक्रम
–अन्तरतह साझेदारी तथा समन्वयमा स्थानीय तहका स्वास्थ्य संस्थाहरुबाट गुणस्तरीय सेवा प्रवाहका लागि आवश्यक औजार उपकरण खरिद
–‘बी’ ग्रेडको एम्बुलेन्स खरिद (मनाङ, मुस्ताङ, म्याग्दी, पर्वत, लमजुङ, बुर्तिबाङ, आँपपिपल र मध्यविन्दु अस्पतालका लागि)
–स्वास्थ्य प्रणाली सुधारको लागि चारपांग्रे सवारी साधन खरिद (प्रदेश जनस्वास्थ्य कार्यालय मनाङ, मुस्ताङ, स्याङ्जा, तनहुँ र बागलुङ)
–अस्पतालमा प्रयोगशाला सूचना प्रणाली खरिद एवं सञ्चालन
–गुदारोग स्क्रिनिङ्ग तथा उपचार कार्यक्रम
–स्वर्णप्राशन कार्यक्रम
–विशेषज्ञ चिकित्सक प्रोत्साहन कार्यक्रम
–स्वास्थ्यकर्मी सम्मान कार्यक्रम





