शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

लायन्स क्लब अफ पोखरा टुरिजम सिटीको अध्यक्षमा तामाङ

लायन्स क्लब अफ पोखरा टुरिजम सिटीको अध्यक्षमा तामाङ


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २२ २०८२, बिहिबार

पोखरा/ लायन्स क्लब अफ पोखरा टुुरिजम सिटीको अध्यक्षमा जसपाल पाख्रिन तामाङ चयन भएका छन् । क्लबको बुधबार सम्पन्न निवार्चनबाट तामाङको नेतृत्वमा नयाँ कार्यसमिती सर्वसम्मत चयन गरिएको हो । क्लबको प्रथम उपाध्यक्षमा घनश्याम गौतम, सचिबमा कविता योञ्जन, कोषाध्यक्षमा सुमन पुन चयन भएका छन् । यसैगरि सल्लाहकारमा पूर्व अध्यक्षहरु सुदिप पौडेल, निरन केसी, एकराज गिरी, निरज पन्त, किसन गिरी, विनय थापा चयन भएका छन् ।

सो अवसरमा क्लबका पूर्व अध्यक्ष निरन केसीले क्लब स्थापनाको एक दशकमा क्लबले बिभिन्न सामाजिक कार्यमा जोडिएको स्मरण गर्दैै नयाँ नेतृत्वले सामाजिक कार्यमा आफ्नो असल भुमिका निर्वाह गर्न सक्ने विश्वास व्यक्त गरे । नवनिर्वाचित अध्यक्ष जसपाल तामाङले लायन्स क्लबको मर्म मुताविक शिक्षा, स्वास्थ्य, वातावरणको क्षेत्रमा स्थानिय सरकारसंग हातेमालो गर्दै सामाजिक आवश्यकताको काम गर्ने प्रतिवद्धता जनाए । क्लबका पूर्व अध्यक्ष एकराज गिरीले समाजसेवा एकल भन्दा पनि समुहमा गर्दा प्रभावकारी हुने हुँदा क्लबको आवश्यकता भएको बताए । उनले लायन्स क्लबले नियमित भन्दा पनि आवश्यकतालाई मध्यनजर गदै प्रभावकारी काम गर्नुपर्नेमा जोड दिए । सल्लाहकार सुदिप पौडेलले समाजमा अभावले घेरिएका व्यक्ति तथा परिवारको आवश्यकता पुरा गर्नसके क्लब स्थापना गर्नुको उद्धेश्य पुरा हुने बताए । क्लबका अध्यक्ष सन्जय मल्लको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिब घनश्याम गौतमले गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->