शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

गण्डकीको नीति तथा कार्यक्रम बहुमतले पारित

गण्डकीको नीति तथा कार्यक्रम बहुमतले पारित


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २५ २०८२, आइतबार

 

पोखरा गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८२/०८३ का लागि ल्याएको नीति तथा कार्यक्रम आइतबार प्रदेश सभाबाट पारित भएको छ ।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नीति तथा कार्यक्रम पारित गर्न राखेको प्रस्ताव बहुमतले पारित भएको हो । नीति तथा कार्यक्रमको पक्षमा सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले समर्थन गरे । विपक्षी दल माओवादी केन्द्रले नीति तथा कार्यक्रमको विपक्षमा मतदान ग¥यो भने राप्रपा तटस्थ बस्यो । यही जेठ २१ गते प्रदेश प्रमुख डिल्लीराज भट्टले उक्त नीति तथा कार्यक्रम वाचन गरेका थिए । जेठ २३, २४ र आज गरी दिनसम्म उक्त नीति तथा कार्यक्रममाथि छलफल गरेर पारित गरिएको हो । आज बसेको बैठकमै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सदनमा उठेका प्रश्नको जवाफ दिएपछि नीति तथा कार्यक्रम पारित गरिएको हो ।

राइड सेयरिङ १ महिनापछि लागु हुन्छ– मुख्यमन्त्री पाण्डे
गण्डकी प्रदेश सभामा प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा राइड सेयरिङबारे व्यापक चर्चा भयो । राइड सेयरिङ कार्यान्वयन गर्ने सन्दर्भमा सबै सांसदको एकैस्वर रह्यो । प्रमुख प्रतिपक्ष माओवादी केन्द्रले समेत ऐक्यवद्धता जनायो ।

सांसदहरुले सरकारको कदमप्रति धन्यवाद दिदैँ मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई खुट्टा नकमाउन आग्रहसमेत गरे । नीति तथा कार्यक्रम पारित गर्नुअघि छलफलमा उठेका विषयलाई सम्वोधन गर्दै आइतबार मुख्यमन्त्री पाण्डेले सांसदहरुको भनाईले आफ्नो आत्मबल बढेको बताए । उनले कुनै पनि हालतमा सरकार पछि नहट्ने उनको भनाई थियो । राइड सेयरिङलाई कानुनी रुपमा व्यवस्थापन गर्न खोजेको मुख्यमन्त्री भनाइ थियो । ‘कार्यान्वयनमा लैजान एक महिनाका लागि स्थगित गरेका छौं । तर, यो कार्यान्वयनमा जान्छ, यो लागु हुन्छ र यही १ महिनापछिबाट यो राइड सेयरिङ नियमावली अनुसारको प्रक्रिया सुरु हुन्छ,’ मुख्यमन्त्री पाण्डेले भने । एक महिनाका लागि संघीय सरकारको आग्रहलाई मानेर सहकार्य गरेको उनको भनाइ थियो ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->