पोखरा/पोखरा १५ पट्नेरीमा खानेपानी तीन वटा ट्याङ्कीहरू निर्माण गरिएको छ । पोखरा महानगरपालिकाको आर्थिक सहयोगमा पट्नेरी खानेपानी आयोजना उपभोक्ता समितिको सक्रियतामा ती ट्याङ्कीहरू निर्माण गरिएका हुन् ।
खानेपानी ट्याङ्कीको नगरप्रमुख धनराज आचार्यले एकसाथ उद्घाटन गरे । ट्याङ्की निर्माणले त्यस क्षेत्रमा बसोबास गर्ने १ सयभन्दा बढी घरधुरीलाई खानेपानीको व्यवस्थापनमा उल्लेखनीय सहयोग पुगेको छ ।





