शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

‘हिलप्वाइन्टमा फन फेस्ट

‘हिलप्वाइन्टमा फन फेस्ट


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २६ २०८२, सोमबार

पोखरा/पोखरा महानगरपालिका वडा नं. १२ स्थित हिलप्वाइन्ट माविमा ‘हिलप्वाइन्ट फन फेस्ट २०८२’ सम्पन्न भएको छ ।

कार्यक्रममा हास्य कलाकार एवं उत्प्रेरक वक्ता सन्दीप क्षेत्री र एकल कलाकार सम्राग कार्कीले आआफ्ना प्रस्तुति राखेका थिए ।

कार्यक्रममा क्षेत्रीले शिक्षण सिकाइ र लक्ष्य निर्धारणबारे चर्चा गरेर विद्यार्थी र अभिभावकलाई उत्प्रेरणा जगाएका थिए भने कलाकार सम्राग कार्कीको श्लो प्रस्तुतिमा सहभागी निकै रमाएका थिए ।

विद्यालय संयोजक कमल घिमिरेले स्वागत, विद्यालयका सुपर भाइजर दिव्या लामिछानेले कार्यक्रमको संयोजन, माविका शिक्षक रामकुमार थापा, भावना लामिछाने, सुवास सुवेदीलगायतले सहजीकरण तथा विद्यार्थीद्वय रिस्ता गुरुङ र अनुष्का गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->