बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

तामाको तार चोर्ने ४ जना पक्राउ

तामाको तार चोर्ने ४ जना पक्राउ


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २७ २०८२, मंगलबार

पोखरा/कास्की प्रहरीले नेपाल टेलिकमको तामाको तार तथा विभिन्न व्यक्तिको घरायसी तामाका भाँडाहरु चोरी अभियोगमा ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमध्ये दुईजना कवाडी गोदाम संचालक रहेका छन् ।

नेपाल टेलिकमले पोखरा १४, छिनेडाँडा क्ष्ँोत्रबाट तार चोरी भएको जानकारी गराएसँगै जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय बैदामले गरेको अनुसन्धानको क्रममा उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा पोखरा १२, ढिकालेथरमा गद्धी (कवाडीखाना) संचालन गर्ने भारतको बिहार राज्यको मोतीहारी जिल्लाका मनोजकुमार सिंह र पोखरा ८, पृथ्वीचोकमा गद्धी चलाउने भारत बिहारकै मुकेशकुमार रहेका छन् । कवाडीखानाबाट टेलिकमको तारको बाहिरको प्लाष्टिक ढडाएर कुच्याएर राखिएको तामाको तार, विभिन्न घरायसी भाँडा बरामद भएको कास्की प्रहरीले जनाएको छ ।

सोही अभियोगमा प्रहरीले भारत घर भइ ढिकालेथर बस्ने वर्ष २७ को करनकुमार शाह र धादिङ खनियावास गाउँपालिका २ स्थायी घर भइ हाल पोखरा ५ जिरोकिमी बस्ने श्यामबहादुर तामाङलाई पनि पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->