पोखरा/ लैंगिक तथा तथा घरेलु हिंसापीडितको अनुसन्धानमा खट्ने प्रहरीको क्षमता अभिबृद्धिका लागि एक दिने सीप बिकास गोष्ठी सम्पन्न भएको छ । गोष्ठीमा ६० प्रहरी कर्मचारीको सहभागिता रहेको थियो ।
गण्डकी प्रदेशको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको सहयोग र गण्डकी प्रदेश प्रहरी कार्यालयको आयोजनामा गण्डकी प्रदेश मातहतमा रहि नेपाल प्रहरीको मुद्दा चल्ने ईकाईमा कार्यरत उनीहरुलाई तालिम दिइएको हो । कार्यक्रममा लैंगिक हिंसा, घरेलु हिंसाको अनुसन्धानमा देखिएका समस्या र चुनौतिहरु, सुधारका क्षेत्रहरु, मस्यौदाहरु बारे जनाकारी, घटना विवरण, साक्षीको कागज, स्वास्थ्य परीक्षण, मिलापत्र र प्रतिवेदनलगायत विषयमा प्रशिक्षण दिइएको थियो । गोष्ठीका प्रमुख अतिथि गण्डकी प्रदेश प्रहरी प्रमुख डिआइजी दिनेशकुमार आचार्यले सिकेका र थाहा भएका सकारात्मक अभ्यासहरुलाई दैनिक प्रयोगमा ल्याउन सके घरेलु हिंसाका पिडितले प्रहरीको असल साथ अनुभुति गर्न सक्ने बताउदै गोष्ठिका निष्कर्षहरुलाई कार्यक्षेत्रमा प्रयोग गर्न निर्देशन दिएका थिए ।





