पोखरा/ पोखरा–१५, लामापाटनमा रहेको गण्डकी प्रदेश प्रहरी तालीम केन्द्रले स्थापनाको सातौं वार्षिकोत्सव विविध कार्यक्रमहरुका साथ सम्पन्न गरेको छ ।
रक्तदान, वृक्षारोपण तथा बिभिन्न खेलकुद प्रतियोगिताहरुको आयोजना गरी मनाईएको कार्यक्रमको अन्तिम दिन तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक मुकुन्द मरासिनिको अध्यक्षतामा विशेष समारोहको आयोजना गरिएको थियो । गण्डकी प्रदेश प्रहरी प्रमुख दिनेश कुमार आचार्यको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा खेलकुद कार्यक्रमका फाईनल खेलहरु, विशेष सांगितीक प्रस्तुती, विजेता खेलाडीलाई पुरस्कार वितरण र तालिम केन्द्रको भौतिक बिकासमा सहयोग पुर्याउने व्यक्तित्वहरुलाई सम्मान तथा प्रशंसा पत्र प्रदान गरिएको थियो । कार्यक्रममा प्रहरी तालीम केन्द्रमा रहि उत्कृष्ट कार्य सम्पादन गर्ने प्रहरी कर्चारीहरुलाई पुरस्कृत समेत गरिएको थियो ।





