शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

कोटिहोममा रहेका जलसहित कलश लैजादै भक्तजन

कोटिहोममा रहेका जलसहित कलश लैजादै भक्तजन


  • ढाेरपाटन संवाददाता
  • जेष्ठ २७ २०८२, मंगलबार

पोखरा/ पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा आएका भक्तजनले आजदेखि जलसहितको कलश लैजान थालेका छन्।

सोमबार यज्ञको पूर्णहुतिसँगै महायज्ञ स्थलमा रहेका जलसहितको कलश भक्तजनले घर लैजान थालेका हुन् । धेरैजसो भक्तजनले पहिल्य नै कलश बुकिङ गरेका थिए भने कतिपय भत्तmजनले आज नै पैसा तिरेर कलश लिएका हुन् । अहिले सम्म ५ हजार कलश वुकिङ भइसकेको मानव सेवा फाउन्डेसनका व्यवस्थापक विष्णु थापाले जानकारी दिए ।

गत वैशाख १६ गते पोखरामा गंगाको जलसहित निकालिएको विशाल कलश यात्रा यज्ञ स्थलमा राखिएको थियो । यज्ञमा विधिपूर्वक पुजा सकिएपछि भक्तजनलाई जल सहितको कलश वितरण गरिएको कलश यात्रा संयोजक दुर्गा कसीले जानकारी दिइन् । उनका अनुसार एउटा कलशको १ हजार ३ सय र दुई वटा लैजादा २ हजार ५ सय रुपैया लाग्ने छ । आज नै कोटिहोममा जल सहितको कलश लैजाने भक्तजनको भिड लागेको थियो । कोटिहोममा ११ हजार शोभा कलश यात्रा गरिएको थियो ।

कोटिहोममा आज महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजले सभहागि भक्तजनलाई कोटिहोमको प्रसाद स्वरुप नरिवल र स्याउ वितरण गरेका थिए । उनका अनुसार कोटिहोममको समापनका दिन ३१ गते सम्पूर्ण भक्तजनलाई प्रसाद वितरण गरिनेछ । यज्ञको पूर्णाहुतिसँगै आजबाट भष्म र तिलक वितरण गर्ने भनिएता पनि लामो समयको होमनका कारण तातो भएर भोलि देखि भष्म र तिलक सहित प्रसाद वितरण गरिने महायज्ञ प्रचार प्रसार संयोजक लेखराज ढकालले जानकारी दिए । उनका अनुसार १ सय रुपैया तिरेर हवन कुण्डमा रहेका इँटा पनि घरमा लान पाइने व्यवस्था रहेको छ ।

कोटिहोममा माधवप्रसाद कडेल, अन्जुकुमारी कडेल पोखरा ३३ बाट २५ हजार ५ सय ५५, सुर्य प्रसाद पौडेल विष्णु कुमारी पौडेल पोखरा १७ बाट २५ हजार १ सय २५, सकुन्तला राजकुमार समिक्षा गिरी पोखरा ८ बाट १५ हजार १ सय ५ संगिता थापा पोखरा १४ बाट ७ हजार ५ सय ५ रुपैया सहयोग प्रदान गरेका थिए ।  यसैगरी कोटिहोममा जारी रक्तदान कार्यक्रममा आज सम्म ८ सय ८ जनाले रक्तदान गरेको रक्तदान संयोजक तुलसी दाहालले जानकारी दिए । गत वैशाख २० गते बाट शुरु भएको रक्तदान कार्यक्रम जेठ ३१ गते सम्म जारी रहने उनले जानकारी दिए । पोखरा–१७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिरको जग्गा र आसपासका स्थानीयको जग्गामा कोटिहोम सञ्चालन भइरहेको छ । कोटिहोम जेठ ३१ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->